साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाइटीका

किशोरले निधार छोएर बिस्तारै भन्यो; “दिदी, तिमी मेरो हातको टीका लगाउन तयार बन, त्यस भाइले त देशकै लागि अन्तिम टीका पहिल्यै लगाएको रहेछ ।”

Nepal Telecom ad

नन्दलाल आचार्य :

“दिदी, भाइटीका त खुसीको दिन हो, तर तिमी किन रुँदैछ्यौ ?” किशोरको स्वर सानो थियो, तर त्यसमा प्रश्नभन्दा बढी पीडा मिसिएको थियो ।

आँगनभरि मन्द धूपको गन्ध थियो- पवित्र, तर चिसो ।
दिदीले निधारमा टीका लगाइन्, काँप्ने हातले माला भिराइन्, तर मुस्कानका ठाउँमा आँसुका चिह्नहरू मात्र टल्किएका थिए ।

घरको एक कुनामा रेडियोको धुन अड्किएको जस्तो लाग्थ्यो- त्यहीँ भाइको पुरानो फोटो थियो, जसको मुस्कान अब स्मृतिमा मात्र बाँकी थियो । मालाको फुल सुकेको थियो, तर सम्झना अझै ताजा ।

किशोरले फेरि सोध्यो, “दिदी, त्यो भाइ… अब कहिले फर्कन्छ ?” दिदीको स्वर ध्वनिभन्दा बढी सास जस्तो आयो- “सीमापार गएको थियो… फर्किन्छ भन्थे मानिसहरू …”

क्षणभर संसारै थामियो । फोटोमाथि धूपको धुवाँले स्वर्गीय घेरा कोर्‍यो ।

किशोरले निधार छोएर बिस्तारै भन्यो; “दिदी, तिमी मेरो हातको टीका लगाउन तयार बन, त्यस भाइले त देशकै लागि अन्तिम टीका पहिल्यै लगाएको रहेछ ।”

०००
उदयपुर
२०८२/०७/०६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x