साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देउ पैसा

नाङ्लामा सिधाभेटी थाहा छैन हजारका बिटा नभै भा छैन गलामा फूल माला लाइँदैन नेपालीलाई भेष भाषा चाहिँदैन आशिर्वाद दिनवर्न भ्याइँदैन भ्याए पनि त्यता ध्यान लाइँदैन ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

झिलिमिली चाइना – देउ पैसा
रङ्गिचङ्गी इन्डिया – देउ पैसा
भनभन नेपाली – देउ पैसा

राम्ररी भन्नू पर्दैन
न चिच्याए देउसी ठहर्दैन
गोरेटो बाटो थाहा छैन
कालोपत्रे बाटो देख्न पाछैन
ए मखमली बिझाउँछ चाहिँदैन
सयपत्री बगैंचामा लाइँदैन

साइकलमा घण्टी – देउ पैसा
छिटोछिटो अन्टी – देउ पैसा
छानामाथी जुवातास -देउ पैसा
घरखेत सत्यनास – देउ पैसा
दर्‍याम दर्‍याम दर्‍र्याम दर्‍याम्दर्‍याम देउ पैसा
हरिया काक्रा कर्‍याम कर्‍याम – देउ पैसा
भनाभन भनाभन गर भाइ हो
मिलिजुली गरि के काम छर भाइ हो

पानी पर्‍यो हिलो भो – देउ पैसा
हाम्लाई साह्रै ढिलो भो – देउ पैसा
डाङ्डुङ्गे बाजा – देउ पैसा
उफ्र भाइ हो आज- देउ पैसा
सेलरोटी नदेउ खाइँदैन
रक्सीसक्सी पाइन्छ पाइँदैन ?

संस्कृति केहो बाल छैन
जोगाएर जोगिने चाल छैन
घोडा बाँध्ने तवेला – देउ पैसा
किन गर्छौ अबेला – देउ पैसा
ए घरपेटी खालमा – देउ पैसा
हामी आयौ झ्यालमा – देउ पैसा
साइसाइ र सुइसुइ – देउ पैसा
हाइहाइ र हुइहुइ – देउ पैसा

छाप्रो पनि सिहँदरवार जस्तो छ
हाम्रो देउसी खेल्ने कला कस्तो छ ?
ढलेंढलें म त ढलें किन ढलें
पल्लाघरे साहिंलाे  म त ढलें
अरेली काँडाले च्वास च्वास
हाम्रो साथी गनायो ह्वास्स ह्वास्स

नाङ्लामा सिधाभेटी थाहा छैन
हजारका बिटा नभै भा छैन
गलामा फूल माला लाइँदैन
नेपालीलाई भेष भाषा चाहिँदैन
आशिर्वाद दिनवर्न भ्याइँदैन
भ्याए पनि त्यता ध्यान लाइँदैन
हातबाटै पैसा लिँदै कसिंदैछ टाप
घरपेटीको हैन हाम्रो हओस फलिफाप
होहोहो हाहाहा होइ होइ होइ
सोइ सोइ सोइ ।
समाप्त

०००
मोलुङ-५ ओखलढुंगा हाल चागुनारायण -३ भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
सोझिनु किन ?

सोझिनु किन ?

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x