साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देख्छस् डिल्ली तँ

कालो धन्दा लुसुलुसु गरे मार्न पाइन्छ फाँको यस्तो धन्दा नगर भनिए भ्रष्टले बाल्छ राँको यस्ता काला कदम नचले बाँच्न गाह्रो छ ऐले कालो जालो छलकपटको बुझ्न बाँकी छ तैँले ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

देख्छस् डिल्ली तँ नजर डुला देश नेपाल कस्तो
सेवा भन्दै दिनदिन कुदिस् मूर्ख छैनन् तँ जस्तो
तैले जोजो असल छ भनिस् तान्छ खुट्टा उसैले
मान्छेलाई गहनसँगले चिन्नबाँकी छ तैले ।१।

गाली खालास् कलम नचला तुन्छ थाङ्ना भनेर
भाषा सेवी किन हुनु पर्‍यो राष्ट्रवादी बनेर
बाङ्गा लेख्छस् किन तँ कविता भन्न थाले सबैले
के बिब्ल्याँटो कदम यसरी हिड्नुको अर्थ तैले ।२।

सोझोभन्दा विकृत गतिलो मान्छ तेरो समाज
बाङ्गैबन्ने रहर छ भने लड्नजा त्यो चुनाव
नेताले हो गफसफ दिँदै देश बर्बाद पार्ने
भन्ला तेरो ह्रदय कसरी राष्ट्रलाई सिँगार्ने ।३।

कालो धन्दा लुसुलुसु गरे मार्न पाइन्छ फाँको
यस्तो धन्दा नगर भनिए भ्रष्टले बाल्छ राँको
यस्ता काला कदम नचले बाँच्न गाह्रो छ ऐले
कालो जालो छलकपटको बुझ्न बाँकी छ तैँले ।४।

०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Tइej Pokhrel
Tइej Pokhrel
10 months ago

गज्जब!!

Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
सोझिनु किन ?

सोझिनु किन ?

डिल्लीप्रसाद मूलतिहुन
1
0
Would love your thoughts, please comment.x
()
x