डिल्लीप्रसाद मूलतिहुनदेख्छस् डिल्ली तँ (२)
सोच्छस् तैले ठग र लुटहा राख्छ बाँकी कसैले उल्टो आयो समय बुझिनस् न्याय बोक्यो ठगैले देख्छस् तैले प्रगति उसकै याद गर्दै गरे तँ आँखा झिक्छन् सजग नभए बुझ्न सक्छस् भरे तँ ।

डिल्लीप्रसाद मूलतिहुन :
सच्चा सोच्लास् घरघर डुली हातथाप्ने भिखारी
बुझ्नेछस् त्यो अभिनय कला ठग्न खोज्ने तयारी
बोल्ने मान्छे तततुतु गरी हिँड्छ लाटो बनेर
पर्चा बाड्यो गरिब म भएँ छैन जिब्रो भनेर । ५।
आमा पीडा शिशुकन दिँदै घाममा दाम भन्छे
काखे बच्चोअबुझ कलिलो झन् चिमोटी रहन्छे
पैसा पाएपछि मनुजले मार्छ सन्तानलाई
मान्छे केहो कठिन छ अझै बुझ्नलाई तँलाई ।६।
बाटो छेक्ने अपरिचितको च्याप्प गोडा समात्ने
उस्तै पर्दा घिनसिन बिना पाउ पक्रेर चाट्ने
देख्छस् मान्छे रकम लिनका निम्ति यत्रो गिरेको
हेर्दै जा झन् यस बखतमा न्याय भट्टी छिरेको ।७।
अर्कोखाले पनि छ मनुवा पार्छ रित्तो तँलाई
जो खल्तीको नगद कसरी चोर्छ चालै नपाई
चोरैलाई नमन नगरी बाँच्न गाह्रो छ तैले
हेक्का राखेस् ठगसँग मिले मात्र बाँचिन्छ ऐले ।८।
सोच्छस् तैले ठग र लुटहा राख्छ बाँकी कसैले
उल्टो आयो समय बुझिनस् न्याय बोक्यो ठगैले
देख्छस् तैले प्रगति उसकै याद गर्दै गरे तँ
आँखा झिक्छन् सजग नभए बुझ्न सक्छस् भरे तँ ।९।
०००
चाँगुनारायण, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































