साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले सिंहदरवार जलाएँ

सधैं भाँडभैलो नौटंकी देखाउदै आफ्नै नेपाल आमा लुट्ने सरकार जोगाउने, सरकार गिराउने भागबन्डा सिवाय केहि ननाप्ने, नख्याँस्ने त्यसैले मैले संसद भवन ध्वस्त बनाएँ ।

Nepal Telecom ad

चन्द्र मादेन आन्छन :

म जेनजी हुँ
जेनजी समृद्ध विचार हो,
आस्था हो, आशाको किरण हो
जेनजी नेपाली माटोलाई अगाध माया गर्ने काफिला हो
हो जेनजी जुनसुकै पार्टीमा हिँडे पनि, लागे पनि,
स्वतन्त्र भए पनि, जेनजी नयाँ सोच हो,
जेनजी आमोद तृप्त हो, भीमकाय चट्टान हो ।
जेनजी अन्याय, अत्याचार, विकृति,
विसंगति र वेथितिको युगान्तकारी भन्डाफोर हो
जेनजी क्रान्तिकारी विस्फोटक हो ।

हो मैले सिंहदरवार जलाएँ
जुगौंदेखि पिछडिएको देशलाई
सुशानवद्ध समृद्ध बनाउनुत कता हो कता
श्रीपेच वेगरका क्रुर तानाशाह शासक भै
एकैदिनमा छ दर्जन ज्यादाको नरसंहारले होली खेल्ने
हामी निमुखा सर्वसाधारणलाई प्रवेश नदिने
बादशाहको सिहंदरवार जलाएँ ।

मैले प्रहरी कार्यालय जलाएँ
प्रहरी मेरो साथी हो, यो व्यावहारत कता हो कता
नैसर्गिक लोकतन्त्र, प्रजातन्त्र र सुशासन माग्ने
जिजीविषा निहत्था जनतालाई ताकिताकी
छाती र टाउकैमा गोली हान्ने, भेट्टाएसम्म
जनतालाई निर्ममतापूर्वक चरम यातना र पीडा दिने
पुलिसराज प्रहरी कार्यालयलाई मैले ध्वस्त बनाएँ ।

हो मैले संसद भवन जलाएँ
जहाँ सदैव देश र जनताको हितको लागि
नीति, नियम, छलफल गरिनु पर्ने
झन्डै करोड युवाहरु जति खाडी र झाडीमा
तर भेडीगोठ भन्दा ज्यादा भेला भै
तलव, भत्ता, सुविधा पड्काउदै झन्डावाल गाडीमा
सधैं भाँडभैलो नौटंकी देखाउदै
आफ्नै नेपाल आमा लुट्ने
सरकार जोगाउने, सरकार गिराउने
भागबन्डा सिवाय केहि ननाप्ने, नख्याँस्ने
त्यसैले मैले संसद भवन ध्वस्त बनाएँ ।

हो मैले यातायात कार्यालय जलाएँ
जनतालाई सर्वसुलभ तरिकाले
सवारी परिचय पत्र तीन वर्षमा
पनि वितरण गर्न नसक्ने
घुस ख्वाउनेको भने एकैछिनमा हुने
साधन नामसारीमै पास गर्न
पन्ध्र बीस ठाउँको कोठा चाहर्दा नि फत्ते नहुने
दलाल र घुस मार्फत मात्रै काम हुने
यातायात कार्यालय मैले ध्वस्त पारिदिएँ ।

मैले पार्टी कार्यालय जलाएँ
पार्टीको सिद्धान्त आस्थानुरुप
देश र जनताको सेवक हुनुपर्नेमा
केवल साम्यवाद र समाजवादको मागिखाने
सिद्धान्तको दाँत देखाउने
पैसाको बिटामा र गुटमा टिकट बाँड्ने
झोले, ढोके, टोले, मुन्द्रे, मासुभाते
उत्पादन गर्दै समाजघाती राष्ट्घाती कुकार्य गर्ने
पार्टीको कार्यालय मैले ध्वस्त बनाएँ

मैले माथिल्ला नेताहरुको आलिसान घर जलाएँ
नेता भएर जनता र राष्ट्रको हित गर्नु त कताहो कता
हरेकले आशातीत जजमान गरिराख्नुपर्ने
भक्कारी भक्कारी पैसाको पिरामिड
कुम्ल्याउदै भ्रष्टाचार गर्दै
वृद्ध खिएको हड्डी भएर, अनवरत कुवा रुङ्ने भ्यागुताझैं
केवल सरकार बनाउन र टिकाउन गुट बनाउने
पैसाको लागि देशै पनि बेचिदिने
कलुषित राष्ट्रघाती, अवसरवादी,
द्रव्य पिशाच नेताहरुको आलिसान महल जलाएँ ।

अनि मैले भाटभटेनी जलाएँ
राजधानी लगायत देशको प्रमुख शहरहरुमा
विनाश्रोत खोलिएको खरवौंको भाटभटेनी
सर्वसाधारणले पनि सर्वसुलभ दरमा किन्नै नसक्ने
केवल विलासी पुँजिपतिहरुको लागि खोलिएको
खुल्लेआम करोडौंको जग्गा सत्तारुढ भ्रष्टाचारी पार्टीलाई
घुस दिएर अरवौंको कर छली गर्ने
देशलाईनै कङ्गाल बनाउने,
मुनाफाखोरी भाटभटेनीलाई मैले ध्वस्त बनाएँ ।

०००

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
युगल बसेल
युगल बसेल
1 month ago

सिंहदरबार हैन तिमीले सिंहलाई डढाउनुपर्थ्यो।
घुस लेनदेन हुने अड्डा होइन घुस्याहालाई जलाउनुपर्थ्यो

Nepal Telecom ad
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
रमिता

रमिता

सुशील रिजाल
गोरुको दूध खा बरु

गोरुको दूध खा बरु

रमेश खकुरेल
आओस् अक्कल

आओस् अक्कल

डा. बमबहादुर जिताली
जोगी

जोगी

बिन्दु दहाल ‘मूकदर्शक’
1
0
Would love your thoughts, please comment.x
()
x