साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रभु, हजुर यता ?

भस्मासुरहरू अति, गणेश र कुमार पनि जेन जीतिर लागे। अनि ? को भनेर बस्ने ? श्रीपशुपतिनाथले हामी सबैको कल्याण गरून् भन्नेहरू पनि स्वाहा !

Nepal Telecom ad

धनराज गिरी :

क्यालगेरी, अक्षत अक्षरका पूजारीहरू गोवर्धन पूजा गरी पातालमा आए, पदमपोखरीमा नुहाएर। प्रोफेसर “महादेव शिवशङ्कर आशुतोष सरीश्री” पनि आयो, बैकुण्ठनारायणको निम्तो पाएर, सबैले भव्य स्वागत गरे, “बल्ल स्वर्णिम युग आयो !” घण्टी बजाए, सबैले। “नारायण नारायण, प्याराडक्स” नारद, नारद गगनवासी, आडैमा लीला धरावासी।

प्रोफेसर,जिल्ल। एक पात्र देखेर। पात्रको अनुहार हेरिरह्यो। पात्र वाशरूमतिर लागे। ऊ पनि पछि लाग्यो !
“एक्स्क्यूज मी !” अङ्ग्रेजी बोल्यो प्रोफेसर । रामबाबु घिमिरेले भन्नुभएको थियो, “मेरो प्रवक्ता, तिम्रो अङ्ग्रेजी राम्रो छ, नेपाली कम बोल्नु, मनोपर्यावरण सफा राखी ध्यानाकर्षण उद्योग खोल, वशीकरण मन्त्र चाहिन्न। “तरकीव अप्नायो। “यस प्लीज ” उताबाट ।

“प्रभु, म हजुरको सक्कली भक्त, जति रूप बदलेर जहाँ गए पनि म हजुरलाई चिन्छु। हजुर पनि यता ? किन प्रभु किन ?” प्रोफेसर ।
“हे चलाख भक्त, हे छत्तीसनामी, दुनियाँले मेसो नपाएको कुरा कसरी मेसो पाएको हौ?रेला भयो। डल्लै फसाद ! हो म पशुपति, तिम्रो आरध्यदेव, “पशुपतिनाथ” इलाममा पुगेर लिलाम हुन मन थियो। यता लागियो। नारायण पनि यतै। विश्वकर्मा यतै। जानकी, गजगामिनी जनकनन्दना सीता माता पनि यतै,प्यारा भक्त,बस्न मन लागेन नेपालमा, नन्दी बाछी बहर र गजलको पछि लागेर प्रदीप रोदनसित टाप।

गौरीलाई भास्कर जमरकटेल सूर्यमणिले उडाए, गिरिजा गायब, पारो, त्यसपछि थारो, महचोकतिर टाप ! म एक्लो, शशी पनि चली ! गङ्गा रेणु दिदीको गाइड ! नेपालमा प्रचण्ड गर्मी, कैलाशमा लासै लास ! मन सतीको सरापले वैरागियो। भस्मासुरहरू अति, गणेश र कुमार पनि जेन जीतिर लागे। अनि ? को भनेर बस्ने ? श्रीपशुपतिनाथले हामी सबैको कल्याण गरून् भन्नेहरू पनि स्वाहा ! यो राज, राज नै रहोस्- ” धनराज” को कानसम्म नपुगोस् ! जाऊ, वाशरूम । आज भक्तको गजल सुन्छु !” पशुपतिनाथ।

“ॐ नमो जीवाय :, ए ए शिवाय ! नमन प्रभु !”  झुक्यो प्रोफेसर । “विजयी भव वत्स। दिव्यदर्शन। सामान्य भएर कार्यक्रमको हलमा फर्किए । पशुपति मुस्कुराए। नारायण गायब।

०००
चितवन, हाल- क्यानडा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
0
Would love your thoughts, please comment.x
()
x