साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहिले बुझ्लान् नेपालीले ?

जब जब देश उठ्छ, आफैँ खुट्टा टेकी त्यसैवेला छिर्के लाउछन्, हाम्लाई हिजैदेखि । कहिले बुझ्लान् नेपालीले, कहिले खुल्ला आँखा ? कहिले बुझ्ने घरतरुलले, दुई ढुङ्गाकाे भाका ?

Nepal Telecom ad

शम्भु जमरकट्टेल हेदाङ्ने :

दुइहजार बयासी साल, भदाै तेइस गते
युवासँगै देश उठ्याे, सुनाउदैछु सत्य ।
गाेली चल्याे सत्ता ढल्याे, काेकाेहाेलाे पारे
स्कूल जाने बाल बच्चा, दुई दर्जन मारे ।

एउटा भन्थ्याे सिंहदरवार, जलाउनु पर्छ
अर्काे भन्थ्याे सर्वाेच्चलाई, तह लाउनु पर्छ ।
अपराधी कस्ले छाड्याे, बैंक कस्ले लुट्याे ?
सुरक्षाकाे जिम्मा लिने, सेना किन चुक्याे ?

सुशासनकाे माग राखी, जव युवा उठ्याे
लाेकतन्त्र नै ठाेकतन्त्रभाे, नाैजवानलाई भुट्याे ।
छद्मभेषी छुटे कति, ठग झेली कति ?
नेपालीकाे सान ढल्याे, भयाे ठुलाे क्षति ।

तीनपुस्ताकाे रगत र, पसिनाकाे सान
सिंहदरवार इतिहास हाे, मान या नमान ।
कस्काे नजर लाग्याे कुन्नि, लाैन काेही भन
सिंहदरवारसँगै ढल्याे, नेपालीकाे मन ।

जब जब देश उठ्छ, आफैँ खुट्टा टेकी
त्यसैवेला छिर्के लाउछन्, हाम्लाई हिजैदेखि ।
कहिले बुझ्लान् नेपालीले, कहिले खुल्ला आँखा ?
कहिले बुझ्ने घरतरुलले, दुई ढुङ्गाकाे भाका ?

०००
काठमाडाैं

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
8 months ago

४२ होइन ८२ लेखौँ।

नरनाथ लुइँटेल
Admin

सच्याइयाे ।

Nepal Telecom ad
म मरेको कथा

म मरेको कथा

शम्भु जमरकट्टेल हेदाङ्ने
अब राजा फर्कनुपर्छ !!

अब राजा फर्कनुपर्छ !!

शम्भु जमरकट्टेल हेदाङ्ने
काे फेल, काे पास

काे फेल, काे पास

शम्भु जमरकट्टेल हेदाङ्ने
देश, नरिवल र बाँदर

देश, नरिवल र बाँदर

शम्भु जमरकट्टेल हेदाङ्ने
विदेशको लोकतन्त्र के तन्त्र ? नेपालको लोकतन्त्र पो तन्त्र ।

विदेशको लोकतन्त्र के तन्त्र...

शम्भु जमरकट्टेल हेदाङ्ने
लागू भएन

लागू भएन

शम्भु जमरकट्टेल हेदाङ्ने
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
2
0
Would love your thoughts, please comment.x
()
x