साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म मरेको कथा

कुनै प्रसङ्गमा कामै नपरेका मानिसहरू, समवेदना पत्रमा फ्रेम हालेर ल्याएका छन्, विहानदेखि साँझसम्म समवेदना पढेर सुनाउछन्, पीडा विर्सन ओखती दिने मानिसहरू होइनन्, आजन्म सम्झाएर रुवाउने मानिसहरू, समवेदना–पत्र छापेर, फ्रेममा हालेर दिन्छन् ॥

Nepal Telecom ad

शम्भु जमरकट्टेल हेदाङने :

तपाइँहरूलाई थाहा नै होला म कहिले मरेँ ।
मलाई थाहा छ म भ्रम, झुट र जालसाजीको लोकबाट
मरेर शून्यताको लोकमा सरेको छु
भर नभएका मानिसहरू बस्ने लोकमा,
मैले जो जो भेटेँ, जे भोगेँ र आफू मरेपछि जे देखेँ,
त्यसैको कथा यहाँ लेखेको छु ।
आउनुस् दहीचिउरे आफन्तहरू,
दिग्भ्रमित समाजका सज्जनहरू,
म मरेको कथा सुन्न मेरा नजिक आउनुस् ॥

मेरो पुरै सास खुस्किन नपाउँदै
दाजुभाइ, आफन्त र छोराहरूले मर्‍यो भनेर,
कर्‍यापझ्याप पारेर आँगनमा निकाले,
कसैलाई सुनपानी खुवाउँन हतार भयो,
कसैलाई माना चामल छातीमा राखिदिन हतार भयो,
कसैलाई सिरानीमा दियो बाल्न हतार भयो,
कसैलाई कात्रो किन्न हतार भयो,
कसैलाई लाथ्रो काट्न हतार भयो,
कसैले पनि मलाई सस फेर्न गारो भएको वुझेनन्‌/बुझ्‌नै चाहेनन्,
मुख रसाउन पानी मुखमा राखिदिएर
सास फेर्न सजिलो पारेनन् ॥

श्रीमती वा छोरो होसमा भएको भए, पानी खुवाउँथे होला,
सिरानी सजिलो–असजिलो हेर्थे होला,
श्रीमती बेहोस भएर मैमाथि मुर्छा परिहालिन् ।
छोरो भक्कानिएर भुइँमा ढलिहाल्यो,
कसैको पनि होस पुगेन, कसैले पनि ख्याल गरेनन् ।
लाश आँगनमा निकाल्दा ओखलको ढुङ्गामा
टाउको वेस्सरी वजारियो ।
ममा ऐया भन्ने शक्ति पनि थिएन ?
कसैले ज्याहै सम्म भनेनन् ।
मलाई मर्‍यो भनेर बाहिर निकालेका थिए,
मरेको लाशले ऐया भन्ने कुरै भएन ॥

आँगनमा भेला भएका आफन्त र गाउँलेहरू
मलाई घाट लान हतारिए,
यता श्रद्घाञ्जली दिनेको भिड लाग्यो,
बाँचुन्जेल तेरो मुख हेर्दिन भनेर तर्किने जेठाबाको छोरो माइलो,
“मेरो दाजु हामीलाई छाडेर गयौ नि” भन्दै फूल चढाउँन आयो ।
बा–आमाको जिउने राख्छौ भने तिम्रो कृया पनि गर्दिन भनेर
घर छाडेर हिडेको मेरो माइलो छोरो आयो,
फूल चढायो र सुनपानी खुवायो
र वेहोस भएको नाटक गर्‍यो ।
बाँचुन्जेल दुखमा ऐचोपैँचो केही सहयोग नगर्ने
मेरो छिमेकी आयो,
हाम्रो गाउँमा उहाँ र मेरो जस्तो सर–सहयोग
कसैको थिएन भन्दै फुर्ति लायो,
अर्कैले ल्याएको फूलको थुँगा मागेर चढायो ।
जिउँदो हुँदा भरथेग त के बोल्दै नवोल्ने
अर्को टाढाको आफन्त देखापर्‍यो,
बरा सारै असल हुनुहुन्थ्यो, वित्नु भएछ भन्दै
श्रद्घाञ्जली व्यक्त गरेर साइड लाग्यो ।
घरमा भन्नुभयो भएन ? आपत पर्‍यो भनेर
अस्ति मात्र पाँच लाख लानुभएको थियो भन्दै गफिँदै थियो ।
आफन्तहरूले हतारिँदै लाश खटमा बाँधे र घाट लगे ॥

कसैले बुर्की फाले,
कसैले टिलो झारे ।
वाहुन वाजेले एकोहोरो शंख फुके ।
सवैले ‘राम नाम सत्य हो’ को आवाज गरे ॥

खटमा लाश बाँध्न कान्छाबाको छोरो काले अघिसर्‍यो,
बालखैमा अम्राइट खेल्दा झगडा गरेर आजन्म बोल्दैनथ्यो,
रिस साँधेको होला, लाशको छाला चाउरी पर्ने गरी कस्यो ।
लाश बोक्नेको भिडमा तँछाड मछाँड गर्ने धेरै जसो
मसँग नमिल्ने नातेदारहरू थिए,
पछार्लान् झैँ गरेर घाट पुर्‍याए,
ब्रम्हनालमा राख्न नपाउँदै,
एउटा आफन्त ब्रम्हनालको पानी मुखमा हाल्न हतारियो,
सम्झिएँ यो मान्छे त्यहि हो
जुन म तिर्खाले खरिएको बेला मोही सार्दै थियो,
मैले ऊसँग पानी मागेँ,
उसले आज ताजा पानी ल्याउन भ्याएकै छैन भनेर तर्कियो ।
अर्को युवक हत्तारिदै जुत्ता सहित आयो
र मुखमा पानी हालेर गयो,
सम्झिएँ, मेरो सधिँयारको छोरो रहेछ,
जहिले पनि वस्तुभाउ हाम्रा बारीमा छाडेर रमाउने ।
आएका मलामी मध्ये कोही चितामा लाश चढाएपछि फर्किए,
कोही दागवत्ती दिएपछि फर्किए,
भोजमा सरिक हुन आएझैँ खाजा खाएर बाटो तताए,
छोराहरू घाटको काम सकेर घर फर्कदा त
पण्डित र चालक मात्र बाँकी रहेछन् ॥

उता कोरामा बसेकी मेरी श्रीमती र छोरालाई भेट्न,
मानिसहरू समुह बाँधेर आएका छन्,
कहिले नचिनेका, कहिले नदेखेका,
कुनै प्रसङ्गमा कामै नपरेका मानिसहरू,
समवेदना पत्रमा फ्रेम हालेर ल्याएका छन्,
विहानदेखि साँझसम्म समवेदना पढेर सुनाउछन्,
पीडा विर्सन ओखती दिने मानिसहरू होइनन्,
आजन्म सम्झाएर रुवाउने मानिसहरू,
समवेदना–पत्र छापेर, फ्रेममा हालेर दिन्छन् ॥
न त्यो घरको छानो हुन्छ ?
न छाक टार्ने मानो हुन्छ ?
न तरकारीको चानु हुन्छ ?
वेदना सकिएका मानिसहरूको
वेदना सम्झाई रहने त्यो सम–वेदना,
मेरा जाहानहरूलाई,
अब कहाँ थन्क्याउँने होला भन्ने पिरलो छ ॥

आजको आधुनिक समाजका सभ्य मानिसहरू,
दिमागले कम, पैसाले बढी, चल्ने रहेछन्,
धर्म लेखाउने चलन मासिएर अर्थ देखाउँने चलन आएको छ,
सिधा/भेटी/घोंत/माना–चामल ल्याउँदा
धर्म र संस्कार लेखिन्छ भन्ने पिरलो होइन,
देखाउँनलाई वेदनाहीन सम–वेदना नै चाहिन्छ ।
वेदनाहीन सम–वेदना नै चाहिन्छ ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Prem.m
Prem.m
8 months ago

Tito Satya, kahilaei jhuto hudaina! Sarai marmasparsi chha kabya kabita!

Nepal Telecom ad
कहिले बुझ्लान् नेपालीले ?

कहिले बुझ्लान् नेपालीले ?

शम्भु जमरकट्टेल हेदाङ्ने
अब राजा फर्कनुपर्छ !!

अब राजा फर्कनुपर्छ !!

शम्भु जमरकट्टेल हेदाङ्ने
काे फेल, काे पास

काे फेल, काे पास

शम्भु जमरकट्टेल हेदाङ्ने
देश, नरिवल र बाँदर

देश, नरिवल र बाँदर

शम्भु जमरकट्टेल हेदाङ्ने
विदेशको लोकतन्त्र के तन्त्र ? नेपालको लोकतन्त्र पो तन्त्र ।

विदेशको लोकतन्त्र के तन्त्र...

शम्भु जमरकट्टेल हेदाङ्ने
लागू भएन

लागू भएन

शम्भु जमरकट्टेल हेदाङ्ने
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
1
0
Would love your thoughts, please comment.x
()
x