साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश, नरिवल र बाँदर

नरिवल धनीहरू, बाँदरका हातकाे नरिवल हेरेझैँ, ट्वाल्ल परेर लाेकतन्त्रकाे, वेहाल हेरिरहेका छन् । कठैवरा नेपाली लाेकतन्त्र...। आज बाँदरका हातकाे नरिवल भएकाे छ ।

Nepal Telecom ad

शम्भु जमरकट्टेल हेदाङ्ने :

देश जस्ताेसुकै हाेस्,
कानूनी व्यवस्था उत्तरकाेरियाकाे जस्ताे,
र नेता नेपालकै जस्ता भए,
देस कहाँ पुग्थ्याे हाेला ?
गमखान्छु…!
कतै पुग्दैन जस्ताे लाग्छ ।
नेता चाहिँ सत्ताकाे खेलमा हाेइन,
अपराधी बस्ने जेलमा पुग्थे हाेलान् ।

देश अमेरिका जस्ताे,
कानुनी व्यवस्था रसिया वा चाइनाकै जस्ताे भए,
नेपाली नेता कर्मचारीले के खान्थे हाेलान् ?
गमखान्छु….!
जुका जस्ता नेता र कर्मचारीले सकेसम्म,
घुस र कमिसन नै खान्थे ।
नसके चाहिँ तातागाेली खान्थे हाेलान् ।।

देश नेपाल नै हाेस्,
कानुनी व्यवस्था युराेपेली देशकाे जस्ताे भए,
नेता मान्छेकाे जस्ताे बुद्दि भएका भए,
लाेकतन्त्र आएकाे बीस वर्षपछि,
शिक्षा, स्वास्थ्य र राेजगारीका लागि,
नेपालीले विदेश जानु पर्ने अवस्था पक्कै हुँदैनथियाे हाेला ।

विधिकाे बिडम्वना,
बाँदरजस्ता नेताले बीसवर्षे तन्नेरी लाेकतन्त्र,
अझै पनि नरिवल झैँ खेलाई रहेका छन्,
खेलाई मात्र रहेका छन् ।
नरिवल धनीहरू,
बाँदरका हातकाे नरिवल हेरेझैँ,
ट्वाल्ल परेर लाेकतन्त्रकाे,
वेहाल हेरिरहेका छन् ।
कठैवरा नेपाली लाेकतन्त्र…।
आज बाँदरका हातकाे नरिवल भएकाे छ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहिले बुझ्लान् नेपालीले ?

कहिले बुझ्लान् नेपालीले ?

शम्भु जमरकट्टेल हेदाङ्ने
म मरेको कथा

म मरेको कथा

शम्भु जमरकट्टेल हेदाङ्ने
अब राजा फर्कनुपर्छ !!

अब राजा फर्कनुपर्छ !!

शम्भु जमरकट्टेल हेदाङ्ने
काे फेल, काे पास

काे फेल, काे पास

शम्भु जमरकट्टेल हेदाङ्ने
विदेशको लोकतन्त्र के तन्त्र ? नेपालको लोकतन्त्र पो तन्त्र ।

विदेशको लोकतन्त्र के तन्त्र...

शम्भु जमरकट्टेल हेदाङ्ने
लागू भएन

लागू भएन

शम्भु जमरकट्टेल हेदाङ्ने
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x