साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विदेशको लोकतन्त्र के तन्त्र ? नेपालको लोकतन्त्र पो तन्त्र ।

त्यसैले आउनुस् सबैले भनौँ नेपाली लोकतन्त्र- जिन्दावाद । नेपाली जोकतन्त्र- जिन्दावाद । नेपाली ठोकतन्त्र- जिन्दावाद । नेपाली भोकतन्त्र- मुर्दावाद । मुर्दावाद मुर्दावाद- जिन्दावाद ॥

Nepal Telecom ad

शम्भु जमकट्टेल हेदाङ्ने :

विदेशको लोकतन्त्रमा लेख्न पाइन्छ रे,
बोल्न, हाँस्न, र बाँच्न पाँइन्छ रे,
रोजगारी निश्चित गरिन्छ रे,
शिक्षा, स्वास्थ्य निशुल्क रे,
उद्योग धन्दा खोलिन्छ रे,
उद्योगी व्यवसायीलाई विशेष सुविधा दिइन्छ रे,
नागरिकलाई सर्वोपरी मानिन्छ रे,
सबै नागरिकलाई समान ठानिन्छ रे ॥
हैन लोकतन्त्रमा त्यस्तो हुन्छ ?
विदेशको लोकतन्त्र के तन्त्र ?
नेपालको लोकतन्त्र पो तन्त्र ॥

राजतन्त्र फालियो,
निरङ्कुश तन्त्र ढालियो,
बल्ल तल्ल लोकतन्त्रको जग हालियो ।
थोरै लोकतन्त्र,
अधिक नेतातन्त्र, र अत्याधिक अङ्कुस तन्त्र मिलाइयो,
नागरिक अभिब्यक्तिको के कुरा ?
लेख्नेलाई सेन्सर लाग्छ,
बोल्नेलाई निगरानीमा राख्छ,
विरोधिलाई कष्टडीमा जाक्छ,
संसद मन्त्रीले बोल्नखोजे प्रतिपक्षले रोक्छ ।

रोजगारी, शिक्षा, स्वास्थ्यको के कुरा ?
उद्योग धन्दा कमिसनमा बेचिन्छ,
नबिक्नेलाई बन्द गरिन्छ,
शिक्षा स्वास्थ्य निजिकरण गरिन्छ,
सरकारी अस्पताल र शिक्षालय लथालिङ्ग पारिन्छ,
दलका दलेले भरिन्छ,
रोजगारी खोज्नेलाई खाडी पठाइन्छ,
खेतिपाति गर्नेलाई डाँडो कटाइन्छ,
उद्योग धन्दा चलाउनेलाई धुलो चटाइन्छ,
स्वदेशी उत्पादन निरुत्साहित गरिन्छ,
विदेशी उत्पादनले बजार भरिन्छ,
छात्रावृति खोज्नेलाई विदेश धपाइन्छ,
वृद्ध वृद्धालाई वृद्धाश्रम पठाइन्छ ।
नेपालको लोकतन्त्र पो तन्त्र ॥
त्यसैले आउनुस् सबैले भनौँ
नेपाली लोकतन्त्र- जिन्दावाद ।
नेपाली जोकतन्त्र- जिन्दावाद ।
नेपाली ठोकतन्त्र- जिन्दावाद ।
नेपाली भोकतन्त्र- मुर्दावाद ।
मुर्दावाद मुर्दावाद- जिन्दावाद ॥

०००
काठमाडौं।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहिले बुझ्लान् नेपालीले ?

कहिले बुझ्लान् नेपालीले ?

शम्भु जमरकट्टेल हेदाङ्ने
म मरेको कथा

म मरेको कथा

शम्भु जमरकट्टेल हेदाङ्ने
अब राजा फर्कनुपर्छ !!

अब राजा फर्कनुपर्छ !!

शम्भु जमरकट्टेल हेदाङ्ने
काे फेल, काे पास

काे फेल, काे पास

शम्भु जमरकट्टेल हेदाङ्ने
देश, नरिवल र बाँदर

देश, नरिवल र बाँदर

शम्भु जमरकट्टेल हेदाङ्ने
लागू भएन

लागू भएन

शम्भु जमरकट्टेल हेदाङ्ने
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x