साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काे फेल, काे पास

वा ! हाम्राे लाेकतन्त्र ? नेताकाे जाेकतन्त्र, पुलिसकाे ठाेकतन्त्र, नागरिककाे भाेकतन्त्र । पास शिक्षक नेता हुने फेल बिध्यार्थी झाेले हुने, झाेले शिक्षक के हुने ?

Nepal Telecom ad

शम्भु जमरकट्टेल हेदाङ्ने :

जब नेता लाखा पाखा भए,
जनता सवै सडकमा गए,
लाठी-मुक्का गाेली खाए,
निरुङ्कुश सत्ता पल्टाए,
नेता दुलाबाट फुत्त आए,
सत्ता च्याप्प समाए,
जनताले समर्थनमा ताली बजाए ।

नेताले मिठाे सपना सुनाए,
दसवर्षमा सिङ्गपुर पुर्याए,
लाेकतन्त्रका जुङ्गा पलाए,
युवा नेताले कपाल फुलाए,
गठबन्धन गरे, लुटबन्धन चलाए,
देश र अर्थतन्त्र गाेलमाल बनाए ।
जनतालाई कङ्गाल बनाए,
बुढा नेता दङ्दङी गनाए ।।

वा ! हाम्राे लाेकतन्त्र ?
देस फेल, नेता पास,
विध्यार्थी फेल, शिक्षक पास,
नागरिक फेल, कर्मचारी पास,
कानुन फेल, न्यायलय पास,
उधाेगधन्दा फेल, उधाेगपति पास,
राेजगारी फेल, घुष पास,
युवा फेल, खाडि पास,
लास फेल, रेमिटेन्स पास,
सम्विधान फेल, प्रदेश सरकार पास,
देस फेल, नेता पास ।

वा ! हाम्राे लाेकतन्त्र ?
नेताकाे जाेकतन्त्र,
पुलिसकाे ठाेकतन्त्र,
नागरिककाे भाेकतन्त्र ।
पास शिक्षक नेता हुने
फेल विध्यार्थी झाेले हुने,
झाेले शिक्षक के हुने ?

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कहिले बुझ्लान् नेपालीले ?

कहिले बुझ्लान् नेपालीले ?

शम्भु जमरकट्टेल हेदाङ्ने
म मरेको कथा

म मरेको कथा

शम्भु जमरकट्टेल हेदाङ्ने
अब राजा फर्कनुपर्छ !!

अब राजा फर्कनुपर्छ !!

शम्भु जमरकट्टेल हेदाङ्ने
देश, नरिवल र बाँदर

देश, नरिवल र बाँदर

शम्भु जमरकट्टेल हेदाङ्ने
विदेशको लोकतन्त्र के तन्त्र ? नेपालको लोकतन्त्र पो तन्त्र ।

विदेशको लोकतन्त्र के तन्त्र...

शम्भु जमरकट्टेल हेदाङ्ने
लागू भएन

लागू भएन

शम्भु जमरकट्टेल हेदाङ्ने
विभुषण पाउनेमा

विभुषण पाउनेमा

संप्रस पाैडेल
खरानीको होली

खरानीको होली

फित्काैली डटकम
मान्दैन मेरो मन

मान्दैन मेरो मन

बालकृष्ण खनाल
सर्वश्रेष्ठ

सर्वश्रेष्ठ

सोमराज ‘अभय’
सपना र सरकार

सपना र सरकार

हरि कोर्काली
के फूल फुल्लान् बागमा

के फूल फुल्लान् बागमा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x