साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब राजा फर्कनुपर्छ !!

तस्करी, वलात्कार, हत्या र हिंसा बढ्नुपर्छ । न्याय र समानताकाे सिढी लड्नुपर्छ । जनताकाे मुटु चर्कनुपर्छ, मरेका राजा फर्कनुपर्छ । ज्युँदा राजा मुर्दावाद ! मरेका राजा जिन्दावाद !! ज्युँदा पञ्च मुर्दावाद ! मरेका पञ्च जिन्दावाद !!

Nepal Telecom ad

शम्भु जमरकट्टेल हेदाङ्ने :

गाउँ-घरमा गुण्डाराज चर्कनु पर्छ,
कुण्डले र मण्डले फर्कनु पर्छ,
विष्ट, गिरी र सुवेदी फर्कंदैछन्,
निरङ्कुशता फर्कंदैछ,
लुकेका पञ्चहरु फर्कंदैछन् ।
काला रात, अन्याय र अत्याचार फर्कनु पर्छ,
हाे अब मरेका राजा फर्कनु पर्छ ।

मरेका लासहरु उठेपछि,
जन्मिएका तन्नेरीहरु मर्नुपर्छ,
बनेका पुल र चिल्ला बाटाहरु भत्काउनु पर्छ ।
टेलिफाेन, माेवाइल र टेलिभिजन फुटाउनु पर्छ,
इन्टरनेटका तारहरु चुँडाउनु पर्छ ।
वाईफाईका वेभहरु राेक्नुपर्छ,
डाक्टर, नर्स र शिक्षकलाई ठाेक्नुपर्छ,
विध्यालय र अस्पताल चलाउन राेक्नुपर्छ
उपचारमा अब ढ्याङ्ग्राे ठाेक्नुपर्छ,
विदेश गएका कामदार फर्काउनु पर्छ,
मरेका पञ्चले आन्दाेलन चर्काउनु पर्छ ।
मरेकै राजा फर्काउनु पर्छ ।

बृद्द भत्ता पनि राेक्नु पर्छ,
स्वतन्त्रता, न्याय र समानता खाेज्नेका टाउकामा
पुलिसका लाठीले ठाेक्नु पर्छ,
अब चिराग, राँकाे र मट्टितेल बाल्नुपर्छ,
लाेकतन्त्रकाे विजुली अब अब फाल्नुपर्छ ।

तस्करी, वलात्कार, हत्या र हिंसा बढ्नुपर्छ
न्याय र समानताकाे सिँढी लड्नुपर्छ ।
जनताकाे मुटु चर्कनुपर्छ,
मरेका राजा फर्कनुपर्छ ।
मानवअधिकार र समावेशिता मर्नुपर्छ,
पृथ्वीकाे गति उल्टाे चल्नुपर्छ ।
नागरिकले रैती र दास बन्नुपर्छ,
दास रैतीले मरेका लासलाई राजा भन्नुपर्छ ।

सूर्य र चन्द्र पनि अब मर्नुपर्छ,
ताराले उज्यालाे छर्नुपर्छ ।
जनताकाे शासन ढल्नुपर्छ,
तानाशाहकाे शासन चल्नुपर्छ ।
तस्करी, वलात्कार, हत्या र हिंसा बढ्नुपर्छ
न्याय र समानताकाे सिढी लड्नुपर्छ ।

जनताकाे मुटु चर्कनुपर्छ,
मरेका राजा फर्कनुपर्छ ।
ज्युँदा राजा मुर्दावाद !
मरेका राजा जिन्दावाद !!
ज्युँदा पञ्च मुर्दावाद !
मरेका पञ्च जिन्दावाद !!
जँड्याहा युवराज मुर्दावाद !
जँड्याहाका बाउकाे सपना जिन्दावाद !!

०००
काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Subash
Subash
1 year ago

समसामयिक मिठो कबिता

Nepal Telecom ad
कहिले बुझ्लान् नेपालीले ?

कहिले बुझ्लान् नेपालीले ?

शम्भु जमरकट्टेल हेदाङ्ने
म मरेको कथा

म मरेको कथा

शम्भु जमरकट्टेल हेदाङ्ने
काे फेल, काे पास

काे फेल, काे पास

शम्भु जमरकट्टेल हेदाङ्ने
देश, नरिवल र बाँदर

देश, नरिवल र बाँदर

शम्भु जमरकट्टेल हेदाङ्ने
विदेशको लोकतन्त्र के तन्त्र ? नेपालको लोकतन्त्र पो तन्त्र ।

विदेशको लोकतन्त्र के तन्त्र...

शम्भु जमरकट्टेल हेदाङ्ने
लागू भएन

लागू भएन

शम्भु जमरकट्टेल हेदाङ्ने
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
1
0
Would love your thoughts, please comment.x
()
x