साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले मात्र हो र ?

मैले मात्र हो र ? म मात्र भ्रष्ट ? मेरै खेदो किन ? यो देशमा कहाँ छैन भ्रष्टाचार ? को छैन भ्रष्ट ? म मात्र पवित्र रहनसक्छु ? नखाए ज्यान जान्छ। भ्रष्टाचार नगरे बाँच्न सकिन्न ।

Nepal Telecom ad

धनराज गिरी :

-२०४६ साल पूर्वको तन्नामेश्वर महादेव टाटनारायण लौडारी, यतिखेर पाँच तले महलमा, तीन युवती, गृहसहायक, पत्नी दमकी रोगी, झ्याउरी, ९ सन्तानकी जननी। “नेता पवित्रराज कन्चन विमलोपाध्याय, पूर्व मन्त्री” उनको घरमा आए जोर पत्रकार, अन्तरवार्ता लिन, पत्रकारहरू “शीशी हमला र नगदाकुमारी रूपा” अनुमति लिएर आए। पूर्व मन्त्रीजी पश्चिम फर्किएर बसे। नास्ता बेजोडको। अन्तरवार्ता शुभारम्भ :

शीशी हमला : नमस्कार हजुर ! सञ्चै हुनुहुन्छ ?
नेताजी : नमन बाबु ! यो देशको भलो चाहने मान्छे, एक राष्ट्रवादी नेता, त्यो पनि सातपटक मन्त्री भएको पात्रलाई कहाँ सञ्चो हुने, त्यो पनि नेपाली मिडियाले सास लिन दिन्छ र ?

रूपा : मेरो नमन मन्त्रीज्यू । हजुर त्यो पहेँलो युगमा त सुकुम्बासी रे ! हजुरको सम्पूर्ण बायोडाटा बोकेर आएका छौं, सात पुस्ते । यो कायाकल्प कसरी भयो प्रभु ? रोडपति कसरी करोडपति ? खराबपति कसरी खरबपति ? भन्न मिल्छ हजुर ?

नेताजी : ( एकछिन आत्तियो, अनुहारमा अनेक रङ्ग आए, गए ! बोल्यो, नडराएको अभिनय गरेर) जोगी हुन राजनीति गरेको हो र ? बिलगेटले भनेको होइन,”If you born poor it is not your mistake. If you die poor it is your mistake. ” भनेर ? हामी नेताहरूको त्यागको कुनै मूल्य छैन ?पशुपतिनाथको कृपाले कमाइयो। धनी हुनु पाप हो ? पत्रकार कि पत्रुकार ?अलि सकारात्मक हुन सकिन्न ?

शीशी हमला : नेताजी, जो चोर उसैको ठूलो स्वर ? नम्र भएर हाम्रो इज्जत राख्नुहोस् ! चौथो स्टेट हो हामी ! जनता हामीसित छन् !खुरुक्क भन्नुहोस्, कति भ्रष्टाचार गर्नुभयो ?कहाँबाट आयो यो पैसा ? नत्र भने भोलि आत्महत्या गर्नुपर्ला ! हामीलाई हेप्ने ? हेप्ने ?

नेताजी : सरी बाबु, सरी नानु, मैले मात्र हो र ? म मात्र भ्रष्ट ? मेरै खेदो किन ? यो देशमा कहाँ छैन भ्रष्टाचार ? को छैन भ्रष्ट ? म मात्र पवित्र रहनसक्छु ? नखाए ज्यान जान्छ। भ्रष्टाचार नगरे बाँच्न सकिन्न । बाबु शीशी, भ्रष्टाचार अब बाध्यता बनिसकेको छ, जीवनपद्धति भएको छ, संस्कार भएको छ ! नानी, धरातलीय यथार्थ बुझ्नू ! पैसा र परी वा दाम र दामिनी वा शक्ति र मोज, कसलाई चाहिन्न ? यस्तो दोहोरो हानि हुने कुरा नगर, खाऊ, खान देऊ ! कसले खान्न ? मैले मात्र हो र ? भन, म के गरी सहयोग गर्नसक्छु। मेरो पक्षमा लेख, हेर, यो चरित्र, यो इज्जत फेज्जत सबै ढाकछोप हो, मिलाएर लेख, मन्त्रीजीको चार भाइ छोरा विदेशमा, उतै विजीनेस, कारोबार ठूलो, छोराछोरीको कमाइ पो रहेछ, उहाँ त कुन्नि को जस्तै पवित्र, भन्नू, लालबहादुर शास्त्री क्या ! है ? भन, के गर्नसक्छु !

रूपा : बुद्धि रहेछ त ! नटी ब्वाई !! (मन्त्रीको गालामा प्याट्ट !) हाम्रो माग पूरा हुन्छ ?
नेताजी : मागेर हेर !
शीशी हमला : हामी पनि यो पत्रुकार बनेर वाक्क, दिक्क, प्याक्क, धेरै होइन, यो दौलतको सागरबाट रु दश करोडको अपेक्षा छ। त्यसपछि हेर्नू कमाल मन्त्रीज्यू !

नेताजी : के मागेको ? मेरो इज्जत राख्न सक्नुभएन बाबु ! पच्चीस करोड दिन्छु। मेरो जीवनीको किताब लेख्ने जिम्मा पनि दुई जनाकै। खाता नम्बर दिनू। आजै जान्छ। अहिल्यै जान्छ। तर मेरो देशप्रेमको सुन्दर चर्चा हुनपर्यो। फेसबुकमा मलाई गान्धी बुद्ध बनाएर भाइरल बनाउनुपर्यो । आखिर गर्ने यही त हो। है ?

शीशी हमला : नेताजी, सलाम ! धेरै समझदार हजुर, यसै नेता भएको होइन । परस्पर लाभको सिद्धान्त !! काम हुन्छ ! हजुरको नाम हुन्छ । फेरि मन्त्री पक्का !

फर्किए जोडी, उज्यालो अनुहार बनाएर। नेताजीले पनि ला … मो सास फेरे। जुलीतिर हेरे । जुली, मुसुक्क।

०००
चितवन, हाल : क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
0
Would love your thoughts, please comment.x
()
x