साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इश्वरदेखि भष्मासुर पाइने देश

आफ्नै सुरमा लरखराउँदै हिँडेकाे देश विश्व मानचित्रमा धुमिल हुँदै गएकाे देश राम्रालाइ शून्य नं. दिँदै लखेट्दै हाम्रालाइ समेट्दै गरेकाे देश सुनकाे कचाैरा लिएर भीख मागिरहेकाे देश ।

Nepal Telecom ad

साधुराम खड्का :

जनता सबै लखेटेर कार्यकर्ता पाइने देश
नून मात्र हैन किलाेका किलाे सुन भित्र्याउने देश
कलकारखाना किन चाहियाे र हजुर
कराेडाैँ रकम मालबाहक गाडीमा पारवहन गर्ने देश
भेट्दा सुन भेटिने जाँच्दा तामा हुने देश
सबै व्यापार सकेर मान्छेकै व्यापार गर्न खाेजेकाे देश
छाेरा बेचेर नाेकर पालिरहेकाे नाैटंकीकाे देश
हरप्रहर जनतालाइ भुलभुलैया पारिरहने देश
खै कसले कहाँबाट कसरी
चलाइरहेकाे याे देश
गाई बगाएर गधाहरु पालिरहेकाे देश
छन्दभेदी र रंगभेदी मिलि
लुछचुँडी गरिरहेकाे देश
कसैलाइ बाल मतलबै छैन
आफ्नै सुरमा लरखराउँदै हिँडेकाे देश
विश्व मानचित्रमा धुमिल हुँदै गएकाे देश
राम्रालाइ शून्य नं. दिँदै लखेट्दै
हाम्रालाइ समेट्दै गरेकाे देश
सुनकाे कचाैरा लिएर
भीख मागिरहेकाे देश ।

०००
बुढानीलकण्ठ, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x