साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लागू भएन

भ्रष्टाचार अझै बढ्यो, गरिब र धनी बीचको खाडल अझै बढ्यो, राजनीतिक नेतृत्व र शासकहरू व्यवस्थाले गर्दा उकालो लागे, किसान मजदुर र कामदारहरू अवस्थाले गर्दा ओरालो लागे । अझै पनि शासकहरू गठबन्धनको घोषणा गर्छन् ।

Nepal Telecom ad

शम्भु जमरकट्टेल हेदाङ्ने :

घोषणा, नीति तथा कार्यक्रमको काम छैन,
लागुहुन्छ भन्ने रतिभर ठाउँ छैन ।
प्रजातन्त्रको घोषणा भयो,
लागू भएन ।

कर्मचारी र नेतातन्त्र पो लागु भयो ।
लोकतन्त्र र गणतन्त्रको घोषणा भयो,
लागू भएन ।

नेताहरू पो राजा जस्ता भए ।
फेरी, सुशासन, समृद्धि र समानताको घोषणा भयो,
लागू भएन ।

भ्रष्टाचार अझै बढ्यो,
गरिब र धनी बीचको खाडल अझै बढ्यो,
राजनीतिक नेतृत्व र शासकहरू व्यवस्थाले गर्दा उकालो लागे,
किसान मजदुर र कामदारहरू अवस्थाले गर्दा ओरालो लागे ।
अझै पनि शासकहरू गठबन्धनको घोषणा गर्छन् ।
जनताहरू काम खोज्न विदेशतिर सर्छन् ।
हाम्रो देशको घोषणा र प्रतिवद्धता देखाउँने दाँत मात्र हुन् ।
चपाउने त भ्रष्टाचार, कमिसन र सुनका पत्रहरू हुन् ॥

घोषणा, नीति र कार्यक्रमको काम छैन
लागु हुन्छ भन्ने रतिभर ठाउँ छैन ।

०००

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कहिले बुझ्लान् नेपालीले ?

कहिले बुझ्लान् नेपालीले ?

शम्भु जमरकट्टेल हेदाङ्ने
म मरेको कथा

म मरेको कथा

शम्भु जमरकट्टेल हेदाङ्ने
अब राजा फर्कनुपर्छ !!

अब राजा फर्कनुपर्छ !!

शम्भु जमरकट्टेल हेदाङ्ने
काे फेल, काे पास

काे फेल, काे पास

शम्भु जमरकट्टेल हेदाङ्ने
देश, नरिवल र बाँदर

देश, नरिवल र बाँदर

शम्भु जमरकट्टेल हेदाङ्ने
विदेशको लोकतन्त्र के तन्त्र ? नेपालको लोकतन्त्र पो तन्त्र ।

विदेशको लोकतन्त्र के तन्त्र...

शम्भु जमरकट्टेल हेदाङ्ने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x