साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेट मिठो भयो तर छोटो भयो

ऊ आज यसरी पछुताउनु पर्थेन हिजो चाहिने भन्दा बढी बाठो भयो ।

Nepal Telecom ad

एम.पी. कियरलेस :

यहाँ कहिले को कस्को भयो
यात्रीको कोही आफ्नो भयो ?

तिमीले थाहा पाएको साँचो हो
के गर्नु अलिकति ढिलो भयो ।

मैले जल्नै बिर्सिसकेको रैछु
ऊ आँखै अगाडि आगो भयो ।

तिमीलाई सम्झिँदा अरु केही भएन ?
आँखा चिसा मन तातो भयो ।

ऊ आज यसरी पछुताउनु पर्थेन
हिजो चाहिने भन्दा बढी बाठो भयो ।

अब त उस्ले पनि बिर्सिसक्यो होला
मलाई पनि बिर्सिन सजिलो भयो ।

कस्ले हो यसरी सिमा नाघेको ?
अहिले आएर फेरि युयुत्सुको भयो ।

एक त खानामा नुन बढी थियो
त्यही माथि वचन पनि पिरो भयो ।

उस्ले आउँदैन सोचेर निम्तो पठाएको छ
जाउँ कि नजाउँ अलि गाह्राे भयो ।

जे पनि हुन सक्थ्यो अलि अरु बसे
हाम्रो भेट मिठो भयो तर छोटो भयो ।

हजुरसँगैै मागेर हजुरकै बुझाउँ कि ?
हिजोको तिरियो आजको उधारो भयो ।

फेरि आज पनि एम पी, अतलमा
बहुत कमजोर देखियो सानो भयो ।

०००
२०८०/१२/०४
लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
ऊ हाँस्ने मात्र कथा सुनाउँछ

ऊ हाँस्ने मात्र कथा...

महेन्द्र उपाध्याय
हिसाब बराबर भयो

हिसाब बराबर भयो

महेन्द्र उपाध्याय
जे पनि हुनसक्छ

जे पनि हुनसक्छ

महेन्द्र उपाध्याय
गधाको यात्रा स्मरण

गधाको यात्रा स्मरण

महेन्द्र उपाध्याय
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x