सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भेट मिठो भयो तर छोटो भयो

ऊ आज यसरी पछुताउनु पर्थेन हिजो चाहिने भन्दा बढी बाठो भयो ।

Nepal Telecom ad

एम.पी. कियरलेस :

यहाँ कहिले को कस्को भयो
यात्रीको कोही आफ्नो भयो ?

तिमीले थाहा पाएको साँचो हो
के गर्नु अलिकति ढिलो भयो ।

मैले जल्नै बिर्सिसकेको रैछु
ऊ आँखै अगाडि आगो भयो ।

तिमीलाई सम्झिँदा अरु केही भएन ?
आँखा चिसा मन तातो भयो ।

ऊ आज यसरी पछुताउनु पर्थेन
हिजो चाहिने भन्दा बढी बाठो भयो ।

अब त उस्ले पनि बिर्सिसक्यो होला
मलाई पनि बिर्सिन सजिलो भयो ।

कस्ले हो यसरी सिमा नाघेको ?
अहिले आएर फेरि युयुत्सुको भयो ।

एक त खानामा नुन बढी थियो
त्यही माथि वचन पनि पिरो भयो ।

उस्ले आउँदैन सोचेर निम्तो पठाएको छ
जाउँ कि नजाउँ अलि गाह्राे भयो ।

जे पनि हुन सक्थ्यो अलि अरु बसे
हाम्रो भेट मिठो भयो तर छोटो भयो ।

हजुरसँगैै मागेर हजुरकै बुझाउँ कि ?
हिजोको तिरियो आजको उधारो भयो ।

फेरि आज पनि एम पी, अतलमा
बहुत कमजोर देखियो सानो भयो ।

०००
२०८०/१२/०४
लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राजतन्त्र कि लोकतन्त्र ?

राजतन्त्र कि लोकतन्त्र ?

महेन्द्र उपाध्याय
को हुँ म ?

को हुँ म ?

महेन्द्र उपाध्याय
भिरबाट गोरू खस्ला

भिरबाट गोरू खस्ला

महेन्द्र उपाध्याय
तँ ईश्वर हैनस्

तँ ईश्वर हैनस्

महेन्द्र उपाध्याय
राम राम भन्दै, राम निलेको

राम राम भन्दै, राम...

महेन्द्र उपाध्याय
को हौ तिमी ?

को हौ तिमी ?

महेन्द्र उपाध्याय
थुन्दे सरकार

थुन्दे सरकार

मरुभूमि नारायण
पालो हराएर हो कि !

पालो हराएर हो कि...

चिरञ्जीवी दाहाल
मान्छेमा भूत सवार हुन्छ

मान्छेमा भूत सवार हुन्छ

शरण खत्री 'मृदुल'
0
Would love your thoughts, please comment.x
()
x