साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुर्कुट्टोसँग खायालय भ्रमण

तर उसले भन्यो हामी विदेशवासीहरू त्यसरी एक कप चियाको निहुँमा होटेलमा ठाउँ ओगटी घन्टौँ गफ चुट्ने बानी हुन्न । हामी समयको पूरा ख्याल राख्छौँ ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

खै के भयो के भयो के त भन्दाखेरी आखिरमा त्यही भयो । एकदिन दिउँसो लाग्यो (निद्रा) र लडेँ (गुन्द्रीमा) कताकताबाट आइपुगिछन् सपनामाया नखरमाउली । यो उधुम गर्मीको उफरमाउलिमा त्यो नखरमाउलिले मलाई भेट गराइ एउट मुर्कुट्टासँग । राष्ट्रिय हिलोधुलो राजमार्गको खाल्डाखुल्डी शाखामा लर्‍याङ्तर्‍याङ हिँड्दै थिएँ त्यतिबेला । घुस्याहाको झैँ पेट भयो सानू मुर्कुट्टो बाटैमा भेट भयो । एकछिनको वार्तालापपछि थाहा भयो । ऊ गैरो आवासिय नेपाली रहेछ तर विदेशको स्थायी बसोवास अनुमतिपत्र पाएकाले नेपाल आउँदा टाउको उतै छोडिएर ज्यानमात्र यता आएको रहेछ । कुराकानीको क्रममा उसले धेरैवर्षपछि नेपाल आएकोले यहाँको कुनै सरकारी खायालयको भ्रमण गर्म चाहेको र त्यसमा सहयोग गरिदिन मलाई अनुरोध गर्‍यो । म पनि के कम । विदेशबाट आएको भनेपछि डलरै डलरले बनेको काया छायाँ चायाँ हुन्छ अन्तिममा अलिअलि कसो नझर्ला भनेर हुन्छ भनिदिएँ ।

त्यसपछि लागियो स्वदेश नाश मन्त्रालय हेर्न । मूलद्वारमा भेटिए सुरक्षा जवान घुसलालजी । उनीसँग चिनाजानी गरेपछि पर्खालभित्र छिरियो । त्यहाँ प्रारम्भिक स्वागत कक्षमा रहिछन् – घुसिता चारुदर्शना । अझै अन्य कक्षहरू हेर्ने इच्छा भएकोले मुर्कुट्टो र म गयौँ खरिदार कमिसनचन्द्रकहाँ । अबको पालो थियो – नासु छलकपटराजको । अझ उतापटी रहेछन इन्जिनियर लटरप्टरमान खन्चुवा । त्यसपछि पालोमा परे खायालय सचिव कलमजादु घुसकार । फेरि घुम्दै जाँदा भेटिइन- देखापाल बाघभुत्ले थसुल्ली । उनको वजन धान्न कुर्सी बिचरोको नौनाडी गलेको थियो । यसपछिको कोठाबाट दुई जना खित्खिताएको जिस्किएको मस्किएको कतिखेर यस्सो ठस्किएको आवाज आइरहेको थियो । ढोका बाहिर सानी। काठमा लेखिएको थियो- हाकिम बाहिर ।

हामीलाई लाग्यो यहाँ त जाकिमसाहेब रहेछन् क्यार अनि उनकी निजि सहायिका । अझै कुनाको एउटा कोठाको ढोकामा लेखिएको थियो- खानुमतिबिना प्रवेश निषेध । भित्रबाट कुनै मालको बारेमा विस्तृत छलफल भएझैँ बुझिन्थ्यो । एकैछिनमा मुर्कुट्टोले बाहिर निस्कने भन्यो र हामी अर्को गल्लिको बाटोबाट फर्कियौँ । दायाँ बायाँका ढोकामा राखिएका साना पाटी पढ्दै हिँड्यौँ- घुसानन्द शर्मा, खायालय उपप्रमुख; महाद्रौपदी नकच्चरी फिल्ड प्रमुख, घुसप्रसाद घमासाने, भँडारे; लोप्पाराज नालिखाने, फिल्ड कर्मचारी; घुसमिलान धोखेबाज, धनसम्पर्क बढिकृत । एउटा कोठामा कुनै सूचना पाटी थिएन । शायद त्यो कुनै गोप्य कार्यकक्ष थियो । अब मेरो मुर्कुट्टो साथी हैरान भयो । उसले स्वदेश र विदेशका खायलयहरूको अनुभव तुलना गरिहेर्‍यो ।

उसले भन्यो- लौ त मित्र यतिलामो समय लगाएर एकदम मात्र हैन एकसयदम प्रष्ट हुनेगरी खायालय घुमाइदिएकोमा धेरै धन्यवाद । विदेशिकै सिको गरेर यहाँका खायलयहरूमा पनि तासलीला, रासलीला, खासलीला, घुसलीला, जुसलीला लगायतका अनेक वैज्ञानिक युगसुहाउँदो महान् कार्यहरू हाम्रो आफ्नै देशका खायालयहरूमा हुन थालेछन् । अब हाम्रो देश पनि छिटोभन्दा छिटो खस्चिमा मुलुकको स्तरमै पुग्नेछ । अब म विदेश पुगेपछि एउटा समवेदना सन्देश पठाउनेछु त्यो चाहिँ तिमीले यसरी खायालयमा आएर अनेक उधुम मच्चाइ घरमा गएपछि संसारकौ महासत्चरित्रको हुँ भनी घरका सदस्यहरूलाई महाराक्षस उत्ताउलो पैसामा बिक्ने घुस्याहा आदि भन्दै सताउनसम्म सताउनेका घरवासी गाइप्राणि सदस्यहारूलाई बाँडिदिनु ।

त्यो कुरो मैले साह्रै मनासिव मानेर स्वीकार गरेँ । अब भने मेरो ध्यान यिनलाई मैले यत्रोबेर घुमाएर सहयोग गरेवापत कति डलर दिन्छन भन्नेमा गयो । तर मुर्कुट्टोले त्यसतिर ध्यान दिएजस्तो लागेन । मैले अब यस्सो कतै बसेर चिया खाउँ न भनेर अल्मल गराउने कोसिस गरेँ । तर उसले भन्यो हामी विदेशवासीहरू त्यसरी एक कप चियाको निहुँमा होटेलमा ठाउँ ओगटी घन्टौँ गफ चुट्ने बानी हुन्न । हामी समयको पूरा ख्याल राख्छौँ । अब मेरो अर्को ठाउँमा यो देशका घुसमन्तरी राष्ट्रमारा महाजनज्यूसँग दिवाभोजको बेला भयो । हवस्त म गएँ । चमच्कार । ऊ हतारहतार हिँड्यो । मैले टेकेको जमिन । भासियो । म धेरै तल खसेँ अनि ब्युझेँ आफ्नै घरमा ।

०००
चितवन 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले त केही बुझिनँ

मैले त केही बुझिनँ

रामकृष्ण ढकाल
देश के हाे बुझिस् ?

देश के हाे बुझिस्...

रामकृष्ण ढकाल
स्याबास काग !?

स्याबास काग !?

रामकृष्ण ढकाल
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x