साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चन्द्रागिरी साहित्य सराेवरकाे ५५ अैाँ शृङ्खला आदिकवि भानु विशेष

सराेवरका संयाेजक गाेपीचन्द्र कार्कीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा भानु प्रतिष्ठानका उपाध्यक्ष डा रमेश शुभेच्छु प्रमुख आमन्त्रित रहनु भएकाे थियाे ।

Nepal Telecom ad

काठमाडाैं । हरेक महिना नियमित आयाेजना हुँदै आएकाे  चन्द्रागिरि साहित्य सराेवरकाे ५५ अैाँ शृङ्खला आदिकवि भानुभक्त विशेषका रूपमा उत्साहपूर्ण तरिकाले सम्पन्न भएकाे छ ।

कार्यक्रममा विशिष्ट साहित्यिक स्रष्टाहरूका अतिरिक्त नगरक्षेत्रका सामुदायिक विध्यालयका प्रतिनिधि छात्रछात्राकाे सहभागिता रहेकाे थियाे । विष्णुदेवी मा.वि.बाट तेरिसा बुढामगर, अनुसा बाेहरा, रजनी पुरी, अर्जुन वली र साेमिला स्याङताङ भानुका रचना प्रस्तुत गरे ब्राइट फ्युचर मा.वि. बाट प्रदिप्त पाठक, आराेहा पाैडेल र प्रस्ताेता सिलवालले क्रमश सुन्दर काण्ड, वालकाण्ड र अरण्यकाण्डका श्लाेक वाचन गरेका थिए ।

त्यसै गरी हाेम मन्टेश्वरी स्बाकूलबाट सम्पदा आचार्य, आत्री खनाल, सान्वी सापकाेटा, अनुप भूषाल, अक्षत आचार्य र नाइरा सिवाकाेटीले भानुभक्तका कृतिअंश वाचन गरेका  थिए भने सुन्दरवन विध्यालयकी छात्रा आज्ञा केसी र एल आर आई माविका छात्र अखण्ड के सी ले बालकाण्ड, सुन्दरकाण्डका केही अंश पाठ गरे ।  त्यस्तै राराहिल मेमेारियलकी (कीर्तिपुर) छात्रा प्रज्ञा चालिसेले भानु विषयमै केन्द्रित कविता वाचन गवाचन गरेकी थिइन् ।

कार्यक्रमका नियमित पाका स्रष्टाहरुले पनि भानुभक्तका रचना एवं भानुसँग सम्वन्धित रचना पाठ गर्नु भयाे । यसरी रचना वाचन गर्नेहरूमा साहित्यकार तेजप्रकाश श्रेष्ठ, पूर्णकुमार खड्का, मनु भुजेल, विन्ध्या नेउपाने, सुदन लुइटेल, काशीराज सुवेदी, जगन्नाथ तिमिल्सिना,  हरिशरण आचार्य, मथुरा राउत, डा. सत्यराज थपलिया, उत्तमविचार (भेटवाल)  भाेला चालिसे र प्रा डा गाेपिन्द्र पाैडेल हुनुहुन्थ्याे ।

हास्यव्यङ्ग्य साहित्यका अभियन्ता नरनाथ लुइँटेलले भानुभक्त नेपाली भाषा साहित्यका आदिकवि मात्र नभएर आदिहास्यव्यङ्ग्यकार समेत रहेकाे बताउँदै भानुका हास्यव्यङ्ग्यात्मक पद्यहरू सुनाउनु भयाे । उहाँले ठाकुरप्रसाद अधिकारीले कार्यक्रमका लागि पठाउनु भएकाे भानु विषयकाे कविता पनि वाचन गर्नु भएकाे थियाे ।

प्रमुखअतिथि भानु प्रतिष्ठानका उपाध्यक्ष डा रमेश शुभेच्छु, विशेष अतिथि नरनाथ लुइँटेल, प्रा डा गाेपिन्द्र पाैडेल, प्राडा हृदयलाल काेइराला, साहित्यकार तेजप्रकाश श्रेष्ठ, माेहनहरि आचार्य, मनु भुजेल, डा सत्यनारायण थपलिया रहनु भएकाे कार्यक्रममा जम्मा ३० जना कविहरूले रचना पाठ गर्नु भएकाे थियाे ।

प्रमुख आमन्त्रित डा. रमेश शुभेच्छुले वाचित सिर्जनामाथि टिप्पणी गर्दै भाषिक र सामाजिक एकतामा  भानुकाे विशिष्ट याेगदान रहेकाे बताउनु भयाे ।

कार्यक्रममा विध्यालयबाट सहभागिता जनाउने छात्रछात्रालाई बालसाहित्यका पुस्तक, कलम र कपीहरूले पुरस्कृत गरिएकाे थियाे । पुरस्कार व्यवस्थापन तीनथाना निवासी आत्मराम थापाले सहयाेग गर्नु भएकाे थियाे भने विभिन्न साहित्यकारहरूद्वारा रचित पुस्तक पनि पुरस्कारका लागि प्राप्त भएका थिए ।

सराेवरका संयाेजक गाेपीचन्द्र कार्कीकाे सभापतित्वमा सम्पन्न कार्यक्रमकाे सञ्चालन काैशल्या चालिसे लुइटेल र शाेभा खनालले गर्नु भएकाे थियाे ।

कार्यक्रममा सहभागी सम्पूर्णलाई तीनथाना निवासी अर्का सहयाेगी राजु पराजुलीले चिसाे मिठाे माेही उपलब्ध गराउनु भएकाे थियाे भने मेाहनहरि आचार्य र मथुरा राउतबाट नगद सहयाेग पनि प्राप्त भएकाे थियाे ।

त्यगरी सराेवरका सदस्य राधेश्याम कार्कीले पानी, चियाखाजा तथा पुरस्कारकेा जाेहाे गर्ने कार्यमा गर्नु भएकाे सहयाेगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै सभापति कार्कीले कार्यक्रम समापन गर्नुभएकाे थियाे ।

०००
गाेपीचन्द्र कार्कीकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x