साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ जोगी र नयाँ पाठ

जो लखेटिरहेछ पुरानाका नाममा गणतन्त्र संविधान अनि यस्तै विषय सबै संविधान भित्रै बसेर भनिरहेछ संसदमै पसेर... ।

Nepal Telecom ad

तेजविलास अधिकारी :

सुनेको हो
के झोकमा हो कुन्नि
नयाँ जोगीले भनेछ
म रहेको देश
अरुको पनि …
शायद
यति बोल्नु
समर्थनमा मत हेर्नु
थियो उसको लागि
नुन सोझो धर्म
नयाँ
नयाँ नै हो
यो जोगी जोदाहा छ
केही त गर्छ गर्छ
कि ! सुम्पन्छ अर्कोलाई
कि ! यहाँ अरु भर्छ ।

भोका
नाङ्गा
अनि
अघाएका सबैलाई
एकतामा ल्याएर
गरिबको चमेली गीत गाउँदै
देश रोएको हेर्न नचाहने
त्यो जोदाहालाई
अरुसँग तुलना गरेर
हुँदै हुन्न
ऊ त
यस्तो महान योद्धा हो
जसको एक सर्को आदेशले
राष्ट्रिय झण्डा ओढेर
जलाइयो सर्वोच्च
खरानी पारियो सिंहदरवार
सखाप पारियो
राष्ट्रिय सम्पत्ति
अहा !
हो यस्तै जोदाहा
यस्तै तरङ्गी
नयाँ जोगी
जो
लखेटिरहेछ
पुरानाका नाममा
गणतन्त्र
संविधान
अनि
यस्तै विषय सबै
संविधान भित्रै बसेर
भनिरहेछ संसदमै पसेर
हामीले पनि मिचेका छौं … ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ishwar
Ishwar
2 months ago

सुन्दर रचना।

Nepal Telecom ad
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
एउटा निर्जीव आकृति

एउटा निर्जीव आकृति

तेजविलास अधिकारी
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
1
0
Would love your thoughts, please comment.x
()
x