साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्तर

पटकपटक उसले आफूलाई माग्ने, खाते भनेको उनले बिर्सेका थिएनन् । एकदिन ख्यालख्यालमा श्यामकृष्णले उसलाई हेरेर भने, “अब भने हाम्रो स्तर मिल्यो है !”

Nepal Telecom ad

लीलाराज दाहाल :

रामबहादुरको हैसियत सम्भ्रान्तकै जस्तो थियो।
ऊ सानातिना मान्छेहरुलाई गन्दैनथ्यो । काठमाण्डौको मुख्य सडकमा रहेको उसको साततले घरले उसको रवाफको आगोमा घीऊ थपिरहेको थियो । ऊ आफू निकै ठूलो मान्छे भएको भ्रमको आसनमा बसिरहेको थियो ! वल्लोपल्लो घरमा विहावारी, मरन पर्दा समेत ऊ जाँदैन ! यस्तो सोचेर कि त्यहाँ जान उसको हैसियत मिल्दैन । ऊ टोलमा आफूलाई एक्लो धनिको रुपमा प्रस्तुत गरेर बाँचिरहेको थियो ।

अकस्मात् ठूलो भूकम्प आयो । भूकम्पको धक्काले उस्को घर गर्लामगुर्लुम ढल्यो । हेर्दाहेर्दै उसलाई इज्जतको सोफामा बसाइरहेको घर माटोमै मिल्न पुग्यो । अव ऊ निमेषभरमै करोडपतिबाट रोडपतिको हैसियतमा आइपुग्यो । श्यामकृष्णको टिनको छाप्रो छेउमा उसको पाल टाँगियो । घर भत्किएको भग्नावशेषमा रहेको सिमेन्ट र इँटको थुप्रोमा पाल टाँग्न पनि मिलेन । घरबाट प्राप्त हुने बहालले उसको इज्जतको जुँगा ठडिएको थियो । अव त्यो पनि लत्रियो ! उसको पाल किन्ने सम्मको हैसियत बाँकी रहेन । घरमा भएका बैंकका चेकहरु, नगद, गरगहना आदि घरको खण्डहरमा पुरिएका थिए । सरकारले वितरण गरेको पाल र राहत रकमले उसले घर व्यवहारको जाँतो घुमाउन थाल्यो ।

ऊ ओठमा मौनताको ताल्चा झुण्ड्याएर आफ्नो भत्किएको घरतिर हेर्न थालेको थियो । यतिखेर उसको अनुहारमा पश्चातापको लहर सल्वलाउन थाल्यो । उसका आँखाबाट झरेको आँशुलाई श्यामकृष्णको ओठको मुस्कानले जिस्क्याइरहेको थियो ।

पटकपटक उसले आफूलाई माग्ने, खाते भनेको उनले बिर्सेका थिएनन् । एकदिन ख्यालख्यालमा श्यामकृष्णले उसलाई हेरेर भने, “अब भने हाम्रो स्तर मिल्यो है !”

०००
बागमती ११, कर्मैया, सर्लाही

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ishwor Pokharel
Ishwor Pokharel
1 month ago

गज्जब! गज्जब!!

Nepal Telecom ad
आजभोलि

आजभोलि

लीलाराज दाहाल
सरकार उस्तै छ

सरकार उस्तै छ

लीलाराज दाहाल
तीन ठोक्तक

तीन ठोक्तक

लीलाराज दाहाल
खाडल मात्रै रहनेछन्

खाडल मात्रै रहनेछन्

लीलाराज दाहाल
जँड्याहा पत्रिका

जँड्याहा पत्रिका

रामकुमार पाँडे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नियति

नियति

किशन पाैडेल
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
1
0
Would love your thoughts, please comment.x
()
x