कुर्सी खोस्नै व्यस्त छन्
गुमनाम छन् नैतिकताका पुजारीहरु त ठग, सैतानहरु पाउँछन् ताली आजभोलि !
लीलाराज दाहाल :
बिझाउँदैन पचिसक्यो गाली आजभोलि
पानी होइन आँसु बग्छ खाली आजभोलि !
ईमान, जमान मासियो हराए ईमानदार
सलबलाउँछन् यताउता जाली आजभोलि !
समयकाल साह्रै अचेल खराव भएको छ
रक्ताम्मे छन् चरी बस्ने डाली आजभोलि !
गुमनाम छन् नैतिकताका पुजारीहरु त
ठग, सैतानहरु पाउँछन् ताली आजभोलि !
फूल फुल्नै छाडिसक्यो उजाड भो वाग
कुर्सी खोस्नै ब्यस्त छन् माली आजभोलि
०००
वागमती ११, कर्मैया, सर्लाही