साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फर्केन छोरो घर !

कस्तो यो गणतन्त्र हो मुलुकको हामी पुग्यौँ खै कता । आस्थामाथि प्रहार हुन्छ जसरी मर्दै छ भाषा यता । आगो दन्किसक्यो जल्यो वन यहाँ ठान्दैछ झिल्को तर । लड्छन् नित्य बसेर उच्च पदमा फर्केन छोरो घर ।

Nepal Telecom ad

हाेमनाथ घिमिरे :

यौटा प्रश्न उठ्यो अचम्म कविमा हामी कहाँ छौ अब ।
फर्केनन् “इजरायली” मुलुकका हाम्रा स्वयं बान्धव !
रुन्छन् आज पिता समेत जननी आँखा कठै बर्बर ।
साँच्चै देश अझै निकृष्ट छ कतै फर्केन छोरो घर ।१।

फुक्काफाल बनेर दुष्ट पथमा सङ्कोचमा सञ्जन ।
हत्यारा खलको अझै बिगबिगी थर्किन्छ साेझो मन ।
कस्तो हालतमा पुग्यो मुलुक यो कस्तो थियो सुन्दर ।
सत्ता भित्र रहेन राष्ट्र महिमा फर्केन छोरो घर ।२।

गर्छन् जोखिम कार्य देशपरमा स्वीकार सङ्ग्राम छन् ।
ज्यूँदो- लास बनेर फेरि घरमा फर्किन्छ धिक्कार छन् ।
फर्केनन् किन खै युवा मुलुकमा बस्छन् विदेशी पर ।
छैनन् न्याय निसाफ सत्य दबियो फर्केन छोरो घर ।३।

कस्तो यो गणतन्त्र हो मुलुकको हामी पुग्यौँ खै कता ।
आस्थामाथि प्रहार हुन्छ जसरी मर्दै छ भाषा यता ।
आगो दन्किसक्यो जल्यो वन यहाँ ठान्दैछ झिल्को तर ।
लड्छन् नित्य बसेर उच्च पदमा फर्केन छोरो घर ।४।

ए बाबा म त पढ्न जान्छु अहिले फर्किन्छु पक्कै घर ।
धेरै वर्ष बित्यो विलम्ब अति भो गर्दैन खै तर्खर !
सम्झौँ कत्ति अझै सदैव मनमा छाती भयो चर्चर ।
बिर्सेझैँ किन लाग्छ खै मुलुक यो फर्केन छोरो घर ।५।

०००
९ कार्तिक, २०८०
भरतपुर, चितवन !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x