साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाको अल्छी सपना

“के अब त्यो बसिरहने हो त आमा !” “मैले अल्छी सपना देखेकी रहेछु बाबु ! म सारा सृजनशक्तिको शपथ लिएर भन्न सक्छु तर त्यो यो रूपमा आउला भन्ने मेरो सपनाको छेउमा पनि थिएन ।”

Nepal Telecom ad

रमेश समर्थन :

(कवि गोपालप्रसाद रिमालको प्रख्यात कविता ‘आमाको सपना’ को एक अंशमाथि प्यारोडी)

“आमा ! त्यो आयो र !”

“हो बा, त्यो आयो;
तर त्यो यसरी नै आउँछ भन्ने मेरो सपनामा थिएन
त्यो आउन त आयो
तर न तिम्रा लागि आयो
न मेरा लागि आयो ।

त्यो आउँदा त एक उत्साह लिएर आएको थियो
त्यो आउँदा सारा जगत् सगबगाएको थियो
तर त्यो त ग्रहणोदयको सूर्य बनेर आयो
उज्यालो लिएर आउनुपर्ने
दिउँसै अँध्यारो लिएर आयो ।

कतै करोड लिएर आयो
कतै रोड लिएर आयो
कतै अरब लिएर आयो
कतै खरब लिएर आयो
कतै महल लिएर आयो
कतै हलाहल लिएर आयो ।

त्यो आएपछि त मेरा छोरा,
तिमी रोगले जीणर् बन्यौ
म तिम्रो पीडामा रुँदै छु ।”

“के अब त्यो बसिरहने हो त आमा !”

“मैले अल्छी सपना देखेकी रहेछु बाबु !
म सारा सृजनशक्तिको शपथ लिएर भन्न सक्छु
तर त्यो यो रूपमा आउला भन्ने
मेरो सपनाको छेउमा पनि थिएन ।”

०००
रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पेसा

पेसा

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
वरदान

वरदान

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x