साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाग्दैछ यस्तो किन !

साँडे झैँ मदमत्त कुँद्छ पथमा मार्दैछ लौ बुर्कुसी । धेरै पल्ट भयो चुनाव तर यो अर्कै छ ऐले स्थिति ! धम्की पो मतदान निम्ति अहिले आक्रोश छन् रावण ! होला राष्ट्र विहीन भोलि जनता लाग्दैछ यस्तो किन !

Nepal Telecom ad

हाेमनाथ घिमिरे :

गर्छौँ उत्सव व्यर्थमा दिन दिनै संसार पाए सरी ।
बाच्छौँ स्वार्थ लिएर भार भवको बोकेर कुण्ठा धरी ।
स्वार्थीकै भिडमा हिँडेर कसरी हट्ला र यो दुर्दिन !
सिङ्गो देश कठै! रसातल पुग्यो लाग्दैछ यस्तो किन !

मुर्दा शान्ति म देख्छु यो मुलकमा आभास यस्तै छ है !
उस्तै गाउँ समेत या सहरमा अन्यौल बढ्दै छ है !
मिथ्या भाषणमा भुलेर कसरी होला उज्यालो दिन !
घट्दैछन् घटना रहस्यमय झन् लाग्दैछ यस्तो किन !

नेता कारण राजनीति जसरी बढ्दैछ गन्तव्यमा ।
खोल्दैनौँ अपराध फायल कुनै भन्दैछ मन्तव्यमा ।
नाङ्गो नाच अनर्थ नाटक यहाँ चल्दैछ सारा दिन !
शङ्का छन् इतिहास नै नरहने लाग्दैछ यस्तो किन !

पश्चाताप भएन कत्ति दलमा दिक्कार लाग्दोपन ।
पुग्दै गाउँ समेत दुर्गम धरा माग्दैछ भिक्षाटन ।
के को निम्ति दिऊँ अझै मत भनी सोच्दैछ भित्री मन !
गर्छन् गोप्य प्रपन्च छन् अहितका लाग्दैछ यस्तो किन !

साँडे झैँ मदमत्त कुँद्छ पथमा मार्दैछ लौ बुर्कुसी ।
धेरै पल्ट भयो चुनाव तर यो अर्कै छ ऐले स्थिति !
धम्की पो मतदान निम्ति अहिले आक्रोश छन् रावण !
होला राष्ट्र विहीन भोलि जनता लाग्दैछ यस्तो किन !

०००
७ फागुन, २०८२
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
भोट के मा ?

भोट के मा ?

हाेमनाथ घिमिरे
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x