साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्भ्रान्त सुकुम्बासी

म त यसभन्दा पहिले यिनीहरूलाई सम्भ्रान्त हुन् भनेर मान्थेँ । तर आज छर्लङ्ग भयो यी त धनले सम्भ्रान्त अनि मनले सुकुम्बासी अर्थात सम्भ्रान्त सुकुम्बासी पो रहेछन् ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

घरमा नै थिएँ र कतै जाने तयारी गर्दैथिएँ । त्यत्तिकैमा मोबाइलमा एउटा अज्ञात नम्बर देखाउँदै घण्टी बज्यो । एकछिन सोचेँ कसको नम्बर होला यो भनेर । तर पत्ता लागेन र स्वीकार गरेँ । घण्टीवादक रहेछन् जिल्लाभरकै उत्कृष्ट मानिएको निजि विद्यालयका एक लगानीकर्ता महोदय ।

सामान्य औपचारिकता पछि सोधेँ – हजुर कति कामले मलाई सम्झनुभयो होला ? उताबाट उत्तर आयो – तपाईंले लेख्नुभएका कृतिहरूमध्ये चौधौँ कृति “आजको युगको नालायक शिक्षा” साह्रै राम्रो छ रे । त्यसैले हामिले हाम्रो विद्यालयको सञ्चालकहरूको अस्तिको बैठकको निर्णय अनुसार तपाईंको त्यो कृति स्वयं लेखकबाटै मगाई हामीले पनि पढ्ने र हाम्रो विद्यालयको पुस्तकालयमा पनि ससम्मान राख्ने भन्ने भएकोले पर्सि दिउँसो हाम्रो विद्यालय छुट्टी भएपछि लगत्तै तपाईं त्यो नवीनतम कृति एकदर्जन र साथमा अन्य कृतिहरू सहित हाम्रो विद्यालयको १९ नम्बरको भवनमा आइदिनुहोला भन्नलाई फोन गरेको ।

यो कुरो सुनेर म त एकछिन अक्क न बक्क बनेँ । दिमागले केही सोच्नै सकेन । त्यसपछि बल्ल भनेँ – पर्सि दिउँसो ४ बजे त म खोलापारि साहित्य प्रतिष्ठानको निम्तोमा अतिथि हुन जानु छ । क्षमा गर्नुहोला म त्यतिबेला तपाईंको विद्यालयमा उपस्थित हुन असमर्थ छु । उताबाट आवाज आयो- ल त्यसोभए पछि फोन गरौँला । ठ्याक्कै यस्तै कुराकानी छ पटकसम्म भयो । अनि साह्रै नै गरे आफ्नै गाउँठाउँका साथीभाइजस्ता हुन् एकपटक गैदिउँ न त भनेर झन्डै तीन दर्जन मेरा विभिन्न कृतिहरू बोकेर म त्यो विशाल क्षेत्रफलमा फैलिएको विद्यालयमा भनेकै समयमा पुगेँ । उनीहरूले सहृदयतापूर्वक मेरा कृतिहरू लिए । केही मेरो प्रशंसाका वाक्यहरू बोले । एककप चिया त्यतिका पुस्तकहरूको बदलामा खुवाए र भने यस्ता घागडान लेखकसित उहाँकै हातबाट उहाँकै दर्जनौं पुस्तकहरू लिएर यसरी हाम्रै घरआँगनको चिया खुवाउन पाउने हामी कति सौभाग्यशाली ।

केहिबेरमा म विदा भएँ र त्यहाँबाट निस्केँ । घर जाँदा मनमनै सोचेँ- त्यत्रो २५ बिघामा फैलिएको, बीसवटा भवन भएको, ३२ वटा पहेंला बसहरू भएको, दशवटा साना गाडी भएको, करिब २ सय जना शिक्षक कर्मचारी माली कुचिकार आदि भएको, जिल्लाभरमै उत्कृष्टमा गनिएको विद्यालय जसले आफ्नो विद्यालय हाताभित्र कुनै विद्यार्थीले एउटा स्वदेशी शब्द बोलेमा त्यस बापत एकसय रुपैयाँ लिन बेर मान्दैन । यही विद्यालयका सञ्चालक तथा गुरु भएकाहरू आज एउटा लेखकले वर्षौंको मेहनत र हजारौँ लाखौँ खर्च गरेर प्रकाशन गरेको पुस्तक कति निर्लज्ज पाराले उनीहरुको विद्यालयमै पुर्‍याइमाग्छन् । अनि आकाशबाट सित्तैमा वर्षेको पुस्तकझैं बिना पैसा लिन्छन् ।

आफ्नो भने एक पैसो नछोडी विद्यार्थीसँग ब्रम्हलुट गर्ने अनि अरूको मेहनत मूल्य तिरेर लिन जानु त कता हो कता सित्तैँमा त्यो पनि उनीहरूको हातैमा पुर्‍याउनुपर्ने । क्या गज्जबको महान साेमतिला र सँस्कारी रहेछन् । अनि यस्तैले पढाएका विद्यार्थीले कस्तो देश र कस्तो समाज निर्माण गर्लान् । धन्न मेरो नवीनतम कृतिको नाम यिनीहरूको व्यवहारसँग ठ्याक्कै मेल खाएछ ।

म त यसभन्दा पहिले यिनीहरूलाई सम्भ्रान्त हुन् भनेर मान्थेँ । तर आज छर्लङ्ग भयो यी त धनले सम्भ्रान्त अनि मनले सुकुम्बासी अर्थात सम्भ्रान्त सुकुम्बासी पो रहेछन् । म सोच्दासोच्दै घरमा आइपुगिसकेछु । मलाई भेट्न भनेर मेरो घरमा त्यतिबेला नै आइपुगेका एक मित्रले मलाई देखेर नमस्कार लेखकज्यू भनेको आवजले म झसङ्ग भएँ ।

०००
२०८२ माघ १६
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आपतको आँकलन

आपतको आँकलन

रामकृष्ण ढकाल
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
अलमल्ल

अलमल्ल

रामकृष्ण ढकाल
लघुकथा

लघुकथा

रामकृष्ण ढकाल
अन्तिम निर्णय

अन्तिम निर्णय

रामकृष्ण ढकाल
सपनै सपनाको महल

सपनै सपनाको महल

माधव पोखरेल गोज्याङ्ग्रे
सातामा विदा सात दिन

सातामा विदा सात दिन

रामप्रसाद पन्थी
मुन्टाे जाेताइकाे मजा

मुन्टाे जाेताइकाे मजा

शेषराज भट्टराई
बोली

बोली

देवीप्रसाद चापागाईं
हामी उल्लूहरु !

हामी उल्लूहरु !

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x