ठाकुरप्रसाद अधिकारीसाथी पनि कस्तो ?
तीन तारे होटेलमा भव्य मलाई छक पार्दै साउको सुकुटी खान पनि आफ्नै ढुकटी सिद्धाए हुने नि ? अरुकै बुइ चढेर ? यति खेर जिल्ल पर्छु ।

ठाकुरप्रसाद अधिकारी :
एउटा साथी साङगोपाङ्गो काममा पनि प्रचण्ड बिद्वानझै चकटी ओछयारै लागे । भित्रको लगौँटी चलाएर दिमाग हलुका हल्लाए । उसलाई पनि मौलिक साथी खोज्नु छ । मौलिक साथी भन्नु चानचुले गफ होइन । सारतत्व पाउन उनी आफै टाठाबाठा थिए । एक दिन उनीसँगै हिड्दै थियौँ । अफिसको सिलसिलबाट । हामी आफ्नै टेबुलमा फर्कियौँ । आमन्ने सामुन्ने । मन यतिखेर उनकैतिर हाम्फाली रहेछ । उनी अफिसको नवयुवक आशालाग्दो झरझराउँदो उदाउँदो ओभरसियर पदमा आसिन थिए । म आफ्नो सानो टुक्रा आकाश ढाक्ने सक्ने एउटा छाता समेत पनि किन्न नसक्ने निम्सरो पदमा थिएँ । आर्थिक अवस्था पनि दयनीय भन्नै परेन । एक दिन त अफिस सकेर बजारतिर डुल्दै पुनः फिर्दै पनि थियौँ । उसले कानमै आएर खुसुक्क भन्यो– अफिसमा त एक रुपियाँको पनि बजेटको मूल्य हुन्छ नि ?
आफिस भाँड्नु हुन्न र जित्नुहुन्न । एक्कासी किनभने ? म तीन छक्क परेँ । यहि कुरो मेरो दिमागमा गुजुल्टो परेको डोरीझैं ठोरी सरुवा भएर पुग्दा पनि अल्झिरहेछ । कहि दिनपछि ठमेलबाट ठैबतिर जाँदै थियो । ठमेशसरसँगै अलि पर पुगेर हामी बसबाट उत्रियौँ । ऊ भने फेरि टक्क रोकियो । अनि त चिचिण्डजस्तो लामो चिउँडो देखाउदै एउटा किस्सा भन्यो उसले– तेरो बढुवा हुने सुनेको थिएँ । कथम कदाचीत डेरा डण्डा लिन नपर्ने घुम्नेकुर्सी पाइस् भने अफिसको मटितेल पेट्रोल खान हुन्न नि ! ठमेश मेरो साह्रै मिल्ने साथी । साह्रै राम्रो घत लाग्यो । अर्ति भनेको घर्ति काकाको पनि लिन्ु भन्थे । उहिलेको बाजेको पाला जस्तो भनाइ दिने साथी लाग्यो ।
गर्दैजाँदा मेरो पिकअप पिरेडमा हेपाली हाइटमा म बसाइ सरेपछि लैलामजुनको फिल्म सुटिङझै हाकिम हुने पालो आइ पो हाल्यो । केहि दिनमै म रवाना भएपछि उसले मेरो कार्यकक्षमा आउने इच्छा प्रकट गरेको देखेर अरु पहिलो साथी ठमेसले त बधाइ त ठैबबाटै फोनमा ओहिरै लगाए ।
अफिसमा महंगीको उपचार खपिनसक्नु ? पेट्रोल मट्टीतेल खाएर पेट भर्ने त होइन ? भने । उपरखुट्टीले गाडी र चुलो जल्ने चल्ने कुरो होइन । मेरो दिमागमा उही बिचबिचमा साथीका कुरोले तुलुबुलु पार्छ । केही हप्तपछि उनीसहित ३।४ जाना अरु पनि लिएर लावालस्कर मनोरन्जन लिन आए । मेरो गोजीको बजेट स्वाहा पारे । मेरो क्वाटरमा आएर मेरै गोजीको वाटर पनि खाए । मेरो सुकेनास भुँडी देखेर उनी दमाहा जत्रो भनि बयान गर्न पो थाले । मेरै कोठाको होटलमा मासुभात पान मसला ठमेश साथीले टन्न खाए । यतिलाई त साथी भन्नु पर्छ ? भोलिपल्ट रसिलो मुहारमा मैले बिदा गरे । हात पर देख्नुजेलसम्म हल्लाएँ ।
दुइ हप्ता पछि म उनकै अफिस आडमा रुख्खासुख्खा खाजामा दिने ठैबमा तालिम लिन पुगेँ । मेरो प्यारो साथीको आडमा । उनले चियाखाजा खाँदा समेत सान्त्वना दिने खालका उनी । सबैका हृदयम बसेका । अनेक थोक अरुकै गोजी लुँड्याउने बहादुर पो देखिए । कुरो के भने– हाटेलमा मालिक साउजीको सामु उधारो हिसाब पनि धेरै पुगेको । केही बर्षअघि उनले रोमान्चित गरेको कुराले अहिले उतै पुगको छु । मैले पनि ठमेश साथी ओभरसियर हुँदाका मौलिक साथी खोजी गर्दा उति बेला पप्पसेटको कमिशनले प्राण धानेको मैले चाल पाएँ । ती झिजामिजा कुरा त्यो बखत मलाई रित्याउने को हो था छैन । आलाकाँचै थिए ।
उनको ग्याङका दुखवीर र ज्ञानकाजी मलाई निकै लिपिस्टिक पावडर लाए झै गर्थे बातै पिच्छे । अफिसको साँझ बिहान बल्ने मट्टीतेलको बजेट कप किनेर चपाउन हुन्न सल्लाह दिने । गल्लीमा ठिटीसित पसलको भट्टीमा सँगै टाँस्सिएर बसेको देख्छु । अर्को दिन त सहकर्मी पनि नकर्मीसित मिलेर तीन तारे होटेलमा भव्य मलाई छक पार्दै साउको सुकुटी खान पनि आफ्नै ढुकटी सिद्धाए हुने नि ? अरुकै बुइ चढेर ? यति खेर जिल्ल पर्छु ।
आजभोलि मलाई ठमेश साथीको कुरा मलाई कति मन पर्दैन । मलाई उनको मौलिक मलम लाउने गफले मेरो खिल्ली उडाइरहेकोे मलाई था छैन । मौलिक आगो बाल्ने मट्टीतेल कुन हो ? यो महसुस कि टकराव मैलो मेरो कप कि उनको गफ । उनको दर्शन छुटयाउन कठिन गरि ठमेलको सपना बगैचा साँझको गुलुप हेर्न बिहान पुगे पनि सोझो बाटोमा ढुङ्गमा ठेस लाग्दा पनि ठमेश साथीको याद आउछ । उनकै अभ्यासमा त अफिस चलेको छ किन ?
०००
तुप्चे- ४, चनौटे । हाल: चमती काठमाडौ– १५
Subscribe
Login
0 Comments
Oldest






































