साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई पनि मिलाईदेऊ…

कैफियतमा पदीय, हैसियतै राखेनौ बेथितिलाई यति, त प्रशासनमा जाकेनौ। गोर्खेलौरी भुत्ते खुकुरी, मलाई पनि मिलाई देऊ सुनको फुल पार्ने कुखुरी।

Nepal Telecom ad

भैया बुढाथोकी

गोर्खेलौरी भुत्ते खुकुरी
मलाई पनि मिलाईदेऊ सुनको फुल पार्ने कुखुरी।

तिम्रो मेरो होइन र, सँगसँगैको नोकरी
तिमी दुधको पोखरी, म रद्दीको टोकरी
सुरा सित सुन्दरी, सुखसयल भोग गरी
चौका हान्यौ मौकामा, धन्य मेरा दौँतरी।
गोर्खेलौरी भुत्ते खुकुरी,
मलाई पनि मिलाई देऊ सुनको फुल पार्ने कुखुरी।

झुटको खेती लुटको राज, लोभी पापी संसार
दोयौ भूमि,यातायात, अध्यागमन भन्सार
रोज्यौ गृह, पर्यटन, छोड्यौ शिक्षा सञ्चार
भव्य महल नठडयाई, सभ्य कसले भन्छ र ?
गोर्खेलौरी भुत्ते खुकुरी,
मलाई पनि मिलाई देऊ सुनको फुल पार्ने कुखुरी।

ठुलाघरे दैलोमा, थैलो थमाई सरुवा
सित्तै पाए अलकत्रा, खान्छन् गरौं के कुरा
चाहिँदैन क्षमता, बुई चढाउने दरो भा
पिल्सिने त उनै हुन् , हरुवा र चरुवा
गोर्खेलौरी भुत्ते खुकुरी,
मलाई पनि मिलाई देऊ सुनको फुल पार्ने कुखुरी।

झण्डा मुनि बसेर, दण्ड कहिल्यै चाखेनौ
भ्रष्टाचारी नेताको, भारी बोकी थाकेनौ
कैफियतमा पदीय, हैसियतै राखेनौ
बेथितिलाई यति, त प्रशासनमा जाकेनौ।
गोर्खेलौरी भुत्ते खुकुरी,
मलाई पनि मिलाई देऊ सुनको फुल पार्ने कुखुरी।

०००
बूढानीलकण्ठ नगरपालिका – ८
हात्तिगौँडा, काठमाण्डौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x