साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शुभकामना आदानप्रदानसँगै चितवनले गर्यो एकैसाथ तीन कृतिको लोकार्पण

रमेश प्रभातको गजलसङ्ग्रह ‘आँगनीमा फूल रोपेँ’- किसान प्रेमीको मुक्तकसङ्ग्रह ‘पीडाको पहाड’ र सुजन कँडेलको मुक्तकसङ्ग्रह ‘सिमली’ एकसाथ लोकार्पण गरिएको हो । 

Nepal Telecom ad

भरतपुर । अक्षर समूह चितवनले भरतपुरस्थित होटल अशोकामा यही बडादशैँ–२०८३ को पावन अवसरमा शुभकामना आदानप्रदान तथा एकैसाथ गजल र मुक्तकका तीनवटा साहित्यिक कृतिको लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ ।

यही बिहीबार आयोजित उक्त कार्यक्रममा अक्षर समूह चितवनका पूर्वअध्यक्ष रमेश प्रभातको गजलसङ्ग्रह ‘आँगनीमा फूल रोपेँ’, गजल मञ्च चितवनका संस्थापक तथा पूर्व अध्यक्ष किसान प्रेमीको मुक्तकसङ्ग्रह ‘पीडाको पहाड’ र धादिङका स्रष्टा सुजन कँडेलको मुक्तकसङ्ग्रह ‘सिमली’ एकसाथ लोकार्पण गरिएको हो । तीनवटै कृतिको लोकार्पण पालैपालो गरेर भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष प्राडा नारायणप्रसाद खनालले गर्नुभयो ।

लोकार्पित उक्त कृतिहरूमध्ये रमेश प्रभातको गजलसङ्ग्रह ‘आँगनीमा फूल रोपेँ’को प्रकाशन क्रमशः चितवन साहित्य परिषद्ले गरेको हो भने त्यस कृतिमा ८३ वटा गजल १० वटा फर्द समेटिएका छन् । त्यस्तै किसान प्रेमीको मुक्तकसङ्ग्रह ‘पीडाको पहाड’को प्रकाशन गजल मञ्च चितवनले गरेको हो जसमा १९२ वटा मुक्तक समेटिएका छन् । त्यस्तै सुजन कँडेलको मुक्तकसङ्ग्रह ‘सिमली’को प्रकाशन सुन्दर स्वदेश प्रकाशनले गरेको हो जसमा २३१ वटा मुक्तक समाविष्ट छन् ।

उक्त कार्यक्रममा लोकार्पित तीनवटै कृतिमाथि एकैसाथ कवि सामना पहाडले टिप्पणी प्रस्तुत गर्नुभएको थियो । त्यस अवसरमा तीनै जना कृतिकारले आफ्नो लोकार्पित कृतिभित्र समाविष्ट गजल तथा मुक्तक वाचन पनि गर्नुभएको थियो । प्रमुख अतिथिले बडादशैँको महत्वका बारेमा बताउँदै समापन गर्नुभएको उक्त कार्यक्रममा चियापानसहित बडादशैँको शुभकामना आदानप्रदान गरिएको थियो ।

०००
रमेश प्रभातकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x