ठाकुरप्रसाद अधिकारीठेकेदारकी छोरीको बिहे इन्जिनियसँग
केही बेर घोरिएका ठेकेदारले बल्लतल्ल मुख खोले र भने– यस्तो इन्जिनियर त दुनियाँमा कतै खोजेर पाइँदैन ।

ठाकुरप्रसाद अधिकारी :
कुरो धेरै अघिको हो । अहिलेको झैं समय थिएन त्यसबेला । एउटा ठेकेदारले अर्कोलाई नचिन्ने भन्ने प्रश्न हुँदैनथ्यो । रामजी नाउ गरको ठूलो ठेकेदार थिए गाउँमा । उनका दुइ छोरी थिए । जेठीको चाहिँे प्रतिभाशाली इन्जीनियरसित बिहे गरिदिन गर्न चाहन्थे ।
उनको इच्छा बुझेर उनकै नातेदार एक दुइजना साथी लिएर उनलाई भेट्न गए । उनी आफ्नी अग्ली छोरीको बयान गर्न थाले । सानैमा टाइप सिकेर अभ्यास गरेको र घरघन्धाले हातमुख जोड्न जानेको आदि बेलिविस्तार लगाए ।
नातेदारले कन्यार्थी केटाको बखान गर्न थाल्यो– इन्जिनियर केटा हो, हुनुसम्म छ । किलोमिटरमा योजना बनाउँछ र सेन्टीमिटरमा प्रगति गर्छ । ऊ हरेक दिन २४ घण्टामा २५ घण्टा त अध्ययनै गर्छ । भुटेको मकै भटमासले गोल्टीनमा ढुङ्गा पड्काउँछ
दोश्रोले थप्यो– उसको तुलना अरु कसैसँग हुँदैन ।
यी सबै कुरो सुनेपछि ठेकेदार रामजी नबोली रहेको देखेर उनीहरूले मुखामुख गरे ।
केही बेर घोरिएका ठेकेदारले बल्लतल्ल मुख खोले र भने– यस्तो इन्जिनियर त दुनियाँमा कतै खोजेर पाइँदैन । कतै खुट्टो खोच्याउने लङ्गडो इन्जिनियर भए पनि, एउटा आँखो फुटे पनि मेरी छोरी दिन केही फरक पर्दैन । बरु मेरो ठेक्कापट्टा खोस्टा नआए पनि भाँडिनु हुन्न । पैसा भनेको जति खर्च गर्यो उति काम बढेर जाने हुन्छ ।
दुवै पक्षको कुरो मिल्यो । ठकेदारले आफ्नी छोरीको बिहे तिनै इन्जिनियरसित धुमधामले गरिदिए ।
यी दुबैथरिको मूल्याङ्कन तपाइँलाई गजप लागेन त ?
०००
तुप्चे– ४, चनौटे । हाल चमती, काठमाडौ– १५
Subscribe
Login
0 Comments
Oldest







































