साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

झुक्छन् फलेर फल ती निहुरिन्छ हाँगो छन् ज्येष्ठ नै सबल जो प्रिय यो धराको आफैँ छ वृद्ध रसिलो फलकै समान यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम॥

Nepal Telecom ad

जुनू घिमिरे :

त्यो दीप हुन्छ तपमा बनिदिन्छ ज्योति
त्यस्तै प्रवीण मन त्यो सुकिलो छ कान्ति
छन् घामझैँ प्रखर ती प्रिय हुन्छ साथ
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।१

बाटो हुँदैन सजिलो तर हाँसिदिन्छन् ।
त्यो वृद्ध जीवनसँगै मन साटिदिन्छन्
बग्छन् नदी सरह नै छ पवित्र काम
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।२

भोगेर दु:ख सुख यी सहजै पचाए
छानो बनेर घरको पसिना बगाए
यस्ता विशिष्ट गुरुको छ कहाँ इनाम ?
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम ।३

संस्कारका मधुर ती गुण पोखिदिन्छन्
सद्भावलेअमृतझैँ मृदु प्रेम गाँस्छन्
लाग्छन् अमूल्य निधि हुन् अनि पुण्य धाम,
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम॥ ४

झुक्छन् फलेर फल ती निहुरिन्छ हाँगो
छन् ज्येष्ठ नै सबल जो प्रिय यो धराको
आफैँ छ वृद्ध रसिलो फलकै समान
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम॥ ५

०००
दुवाकोट भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x