साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सफल वृद्ध बनौँ

महक गुप्त छ चन्दन वृक्षमा। ठहरियो गुनिलो रुख वर्गमा।। पवनकै गतिमा पथ जो भए। सफल हुन्छ सुमार्ग हुँदै हिँडे।।

Nepal Telecom ad

जुनू घिमिरे :

अलिकता रसिलो र मिजासिलो।
सरल शान्त दयालु सुबासिलो।।
हृदय स्वच्छ सफा तनु होस् सुधा ।
सफल बन्दछ वृद्ध खुसी सदा।।

छ नवरत्न सरी गुण गाथमा।
विनय हुन्छ सदा मृदु साथमा ।।
प्रकृति झैँ रमणीय हियो भए।
सफल बन्दछ धीर सदा रहे।।

रस बिना फल लागिदिए पनि।
छुन कहाँ मन लाग्दछ त्यो अनि।।
मधुरता समता गुणकार हुन् ।
सफल जीवनका सब सार हुन् ।।

असल मानिस हुन्छ सदा गुणी
कमल झैँ जलको महिमा बनी।।
विषय ज्ञान र शास्त्र बुझेपछि।
शिखर चुम्दछ वृद्ध भए पनि।।

महक गुप्त छ चन्दन वृक्षमा।
ठहरियो गुनिलो रुख वर्गमा।।
पवनकै गतिमा पथ जो भए।
सफल हुन्छ सुमार्ग हुँदै हिँडे।।

०००
दुवाकोट भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
0
Would love your thoughts, please comment.x
()
x