टीकाराम रेग्मीदोब्बर पुरस्कार
कुनै मानिसले पाउनु पर्ने साँचो मुक्ति यही होइन र ? हो, यसरी मैले आफ्नो मुक्ति र परिवारको लागि व्यवस्था गरी दोब्बर पुरस्कार पाएको छु ।
टीकाराम रेग्मी ;
‘ओहो, आज त अनौठो दृश्य देख्दैछु । तिम्रो अनुहारमा यो अनौठो मुस्कानको रहस्य के हो ?’ जङ्गलमा डढेलोले खाएको ठुटोजस्तो देखिने मानिसको अनुहारचाहिँ मुस्कानले धपक्कै बलेको देखेर चित्रगुग्तले सोधे ।
सुरुमा केही अक्मकाएजस्तो गरेर आगन्तुक बोल्यो, ‘चिन्तित हुनुपर्ने कुनै कारण छैन । म अहिले जीवनमा पहिलो पटक खुसी भएको छु । मैले मर्त्यलोकमा भोग्नुपर्ने जे जति पीडा, ताडना, भुक्तमान, अपमान र घृणा हुनसक्थे सायद, ती सारा भोगिसकेँ । अब मैले भोग्नुपर्ने केही छैन । जाहान केटाकेटीले पनि हिजोजस्तो भोकै, नाङ्गै, निरीह र अपहेलित भएर दुनियाको आँखाको कसिङ्गर भई जिउनु पर्ने छैन । कुनै मानिसले पाउनु पर्ने साँचो मुक्ति यही होइन र ? हो, यसरी मैले आफ्नो मुक्ति र परिवारको लागि व्यवस्था गरी दोब्बर पुरस्कार पाएको छु ।’ आगन्तुकले खुसी व्यक्त गर्दै भन्यो ।
‘होइन के भन्दैछौ तिमी ?’ चित्रगुप्त आँखा चिम्म गर्दै बोले ।
‘हजुर त सर्वद्रष्टा हुनुहुन्छ भन्ने सुनेको थिएँ । उता मर्त्यलोकतिर नजर लगाइबक्स्योस् त महाराज । आज मेरो परिवारको हरेक आवश्यकता पूरा गर्न कति मानिसहरूको प्रतिस्पर्धा चल्दैछ । त्यहाँ मेरो जीवन मात्र बाधक थियो सायद ।’ आगन्तुक बोल्यो ।
०००
२०८३ । असार २९,
एडिलेड, अस्ट्रेलिया
Subscribe
Login
0 Comments
Oldest





































