साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राहत

हत्केलामै बिलाएको बच्चो सकिनसकी रोइरहेको थियो । उसले छातीमा टाँसी । बच्चोको रुवाइ मधुर हुँदै बिलायो । सुन्तली एकपटक फेरि डाँको छाडेर रुन थाली ।

Nepal Telecom ad

टीकाराम रेग्मी :

‘खान जन्मेको !’ काखैमा हराएको तीन दिने बालकलाई हेर्दै मङ्गलीले यति भन्दा उसको अनुहार कालो निलो भैसकेको थियो । ‘पेट भोको भा’नि घाम लाग्दे ज्यान त तात्तो !’ ऊ मनमनै बोली ।

‘एसपाली भने’सि त मान्नु नि ।’ आइतसिँह च्याट्ठिँदै बोल्यो । उसको कुरा भुइँमा झर्न भ्याएको थिएन होला, मङ्गलीले उसलाई पुलुक्क हेरी । अनुहारमा पोतो त बसेकै थियो, बादल लाग्यो । अनि, काखमा हराइरहेको बालकतिर फर्की । अहिले त उसको अनुहार झन् वैराग लाग्दो देखियो ।

‘हल्लायो, हल्लायो । फेरि हल्लायो ।’ गाउँतिरबाट फेरि चर्को आवाज आयो ।

‘अलिकति यता सर् त ।’ आइतरामले भन्यो तर मङ्गलीले सुनेको नसुनै गरी ।

‘हैन, बाँच्नु मन छैन क्याओ ? ऊ, हेर् त, हिजो चर्केको बान्डो ढल्नै लाग्यो ।’ ऊ फेरि करायो ।

‘अब पनि कति बाँच्न परो ?’ उसले आइतेलाई सुनेको नसुन्यै गरेर भनी ।

‘नआत्तिई, ऊ हेर् त, खानेकुरा बाँड्न आका ।’ मङ्गलीकी छिमेकी भाउजु नजिकै आएर बोली । यस बोलीले अलिकति आशा जागेछ कि, मङ्गलीले सकिनसकी टाउको फर्काई ।

खडेरीको काकाकुल भएर बाटोभरि आँखा ओछ्याएका मध्ये केही सक्नेहरू हुरुरु दौडे । दुईचार पोका चाउचाउ, दालमोट र बिस्कुटका पुडिया हात पारे । दाताहरूले ङिच्च हाँस्दै केही फोटा खिचे ।

‘ए यी नानी त सुत्केरी रैछन्, यस्तो जाबो के दिनु ? अर्को गाडीमा पोषिलो खानेकुरा अउँदैछ, पर्ख !’ ल्याएको झोला रित्तिएपछि स्थानीय नेतोतिर पुलुक्क हेर्दै एउटा दानवीर बोल्यो । सुन्तलीले परेला थिची । आँखाबाट तातो झोल बग्यो ।

हत्केलामै बिलाएको बच्चो सकिनसकी रोइरहेको थियो । उसले छातीमा टाँसी । बच्चोको रुवाइ मधुर हुँदै बिलायो । सुन्तली एकपटक फेरि डाँको छाडेर रुन थाली ।

‘ऊ ऊ, हेर त चारोटा गाडी आका ।’ यसै बेला कसैले भन्यो । प्रतीक्षामा रहेका सबैले उतै हेर्दै थिए । राहतको आशामा खुलेका आँखा र कानले सुन्तलीलाई सुन्न भ्याएन । त्यसै बेला कोही बोल्यो – भो आशा नगर, तिनै गाडी पनि मन्त्रीले कब्जा गरो अरे । सुन्तलीका आँखा भुइँतिर ओर्ले ।

०००
चितवन

इलस्ट्रेसन: हिमाल मिडिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुत्ता

जुत्ता

टीकाराम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x