साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डाइनो छैन आज

कर्मी मौरी परिश्रम गरी खाद्य जोगाड गर्छ भाले डाका ठग घर बसी धेर खाएर मर्छ हड्डी भुत्ला पनि हसुरने जन्तु निस्के धरामा सोझा सीधा पशु जति सबै थन्किए पिञ्जरामा ।

Nepal Telecom ad

तुलसीप्रसाद भट्टराई :

मूसो आयो सदन घरमा मेचमा भ्वाङ पार्ने
सेतो हात्ती ढसमस बसी मेच मै स्वाङ पार्ने
लाप्पा खेल्छन् गज र चितुवा हेर्न आनन्द आयो
हेर्दै पल्लो घर दलिनको माइलो झन् रमायो ।

सोझा बाख्रा चरनतिर नै स्यालले हाल्छ घेरा
भेडा बस्छन् गगनमुनि नै छैन छानो र डेरा
खोजी गर्दै मृग हरिणको बाघ आयो सिकारी
गोठालो त्यो नगरपुरको सिंह आफै भिखारी ।

ब्वाँसो आयो शहर बिचमा बाल चल्ला हराए
को को हो लो गजब मचियो माउ बाछा कराए
को गर्ला खै जतन यिनको डाइनो छैन आज
साँढेलाई खटपट भयो देखदा कामकाज ।

कर्मी मौरी परिश्रम गरी खाद्य जोगाड गर्छ
भाले डाका ठग घर बसी धेर खाएर मर्छ
हड्डी भुत्ला पनि हसुरने जन्तु निस्के धरामा
सोझा सीधा पशु जति सबै थन्किए पिञ्जरामा ।

घोर्ले बोको बलि हुन गयो युद्धको अग्रदूत
यस्तै यस्तै अझ कति मरे नाम मात्रै सपूत
माछो मर्दा धुरुधुरु रुदै आँसु झार्दैछ गोही
नौलो योद्धा विपुल प्रतिभा जन्मिए हुन्छ कोही ।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषाको गरिमा राख्न

भाषाको गरिमा राख्न

तुलसीप्रसाद भट्टराई
पछुतो

पछुतो

तुलसीप्रसाद भट्टराई
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
किन आँउथे ?

किन आँउथे ?

तुलसीप्रसाद भट्टराई
होला र के उन्नति

होला र के उन्नति

तुलसीप्रसाद भट्टराई
चुराले बितायो

चुराले बितायो

तुलसीप्रसाद भट्टराई
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x