साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पछुतो

न भेटेँ सजिलो बाटो न पाएँ स्वादिलो रस पाएँ क्षणिक आनन्द भेटिए विघ्न कल्मष भोगविलासमा लाग्दै बित्यो सुन्दर जीवन न भेटाएँ नयाँ केही न पछ्याएँ सनातन ।

Nepal Telecom ad

तुलसीप्रसाद भट्टराई :

न हेरेँ वेदका वाणी न देखेँ लघुकौमुदी
न सुनेँ ज्ञानका चर्चा न खोलें शास्त्रका गुदी
भुलेँ संसारको मीठो ताजा सुन्दर वस्तुमा
भावीका हातले यस्तै लेखिदिएछ अस्तुमा ।

न सोचेँ बाबुको अर्ती आमाको उपदेशमा
बिताएँ जीन्दगी सारा भौतिक परिवेशमा
न टारेँ आर्तको गर्जो दुःखीमा न गरेँ हित
न ल्याएँ साथमा केही न छोडेँ अन्त्यमा पृत ।

कोरा बिचारले गर्दा चौतर्फी ज्ञान पाइनँ
म कोहुँ कसरी जानूँ चिनारी भित्र आइनँ
न चिनेँ शून्य आकाश न जानेँ यो धरातल
कताकता परेँ आफैँ जिन्दगी भर अल्मल ।

न भेटेँ सजिलो बाटो न पाएँ स्वादिलो रस
पाएँ क्षणिक आनन्द भेटिए विघ्न कल्मष
भोगविलासमा लाग्दै बित्यो सुन्दर जीवन
न भेटाएँ नयाँ केही न पछ्याएँ सनातन ।

जानिन भेद आत्माको भेटिन उसको जरा
भुलेँ बाहिरको हेर्दै सांसारिक हराभरा
न बुझेँ मूल्य आफैँले साँचो जीवन पद्धति
त्यसैले आज भोग्दैछु स्वयमेव अधोगति ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषाको गरिमा राख्न

भाषाको गरिमा राख्न

तुलसीप्रसाद भट्टराई
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
किन आँउथे ?

किन आँउथे ?

तुलसीप्रसाद भट्टराई
होला र के उन्नति

होला र के उन्नति

तुलसीप्रसाद भट्टराई
चुराले बितायो

चुराले बितायो

तुलसीप्रसाद भट्टराई
चमत्कार

चमत्कार

तुलसीप्रसाद भट्टराई
0
Would love your thoughts, please comment.x
()
x