साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन आँउथे ?

आजभोलि युवतीले, आधा अङ्ग नदेखाए लखर लखर युवाहरू, हाट भर्न किन आँउथे ?

Nepal Telecom ad

तुलसीप्रसाद भट्टराई :

पुतलीले बत्ती भित्र, डढी मर्न किन आँउथे ?
रुपै शत्रु न’भा रावण, सीता हर्न किन आँउथे ?

किराँतिनी देखे पछि, पार्वतीलाई बिर्सिएर
किराँती भै शिव पनि, विहार गर्न किन आँउथे ?

विश्वभरकी सबैभन्दा, राम्री पत्नी जालन्धरकी
नत्र विष्णु वृन्दासँग, एकछिन चर्न किन आँउथे ?

कृष्ण पनि अतिसुन्दर, तिनैलोक मोहित पार्ने
नत्र सबै गोपिनीले, शरण पर्न किन आँउथे ?

पाँच पाण्डव महा वीर पतिहरू द्रौपदीका
कौरवहरू महाभारत लडाइँ लर्न किन आँउथे ?

आजभोलि युवतीले, आधा अङ्ग नदेखाए
लखर लखर युवाहरू, हाट भर्न किन आँउथे ?

मलाई पनि निक्कै राम्रो, देखिएछ आजभोलि
होइन भने कान्छीहरु, डेरा सर्न किन आँउथे ?

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषाको गरिमा राख्न

भाषाको गरिमा राख्न

तुलसीप्रसाद भट्टराई
पछुतो

पछुतो

तुलसीप्रसाद भट्टराई
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
होला र के उन्नति

होला र के उन्नति

तुलसीप्रसाद भट्टराई
चुराले बितायो

चुराले बितायो

तुलसीप्रसाद भट्टराई
चमत्कार

चमत्कार

तुलसीप्रसाद भट्टराई
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x