फित्काैली डटकमकस
“बुढाबुढीले भनेको ठिकै हो रहेछ सर, तामा काँस गतिलो धातु भनेर के गर्नु त्यसमा पनि कस बस्दोरहेछ” कक्षाका सबैले सुन्नेगरी श्रीधरले भन्यो ।
कक्षा १० मा पढ्ने छात्रालाई पिठ्युँमा धाप मार्दै विज्ञानका शिक्षकले सोधे, “भन त स्रेजा गुरुत्वाकर्षण भनेको के हो ?”
भित्री कपडाको खिपले दुखेर स्रेजाले असजिलो मानी । केही शिक्षक छोरी सरहका छात्राहरूलाई पिठ्युँमा धाप मारेर आफ्नो यौन इच्छा पूरा गर्छन् ।
“निलिमा तिमी भन त ?” शिक्षकले फेरि त्यसै गरेर सोधे ।
“म भन्छु सर” श्रीधरले भन्यो । “तँलाई मैले सोधेको छु ? बस् । बडो जान्ने हुँदोरहेछ ।” शिक्षकले हकारे ।
“बुढाबुढीले भनेको ठिकै हो रहेछ सर, तामा काँस गतिलो धातु भनेर के गर्नु त्यसमा पनि कस बस्दोरहेछ” कक्षाका सबैले सुन्नेगरी श्रीधरले भन्यो ।
०००
– श्रीप्रसाद पोखरेल
२०८०/ १०/०१
Subscribe
Login
0 Comments
Oldest