साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्काको छोरा

“म आफ्नो खुशीले कहाँ आएको हुँ र ?” उनी एक छिन् अडिन् । अनि फेरि सुँक्कसुँक्क रुँदै भनिन्, “जबरजस्ती गरेर उनीहरूका छोराहरूले याहाँ ल्याइदेका हुन्, बाबु !”

Nepal Telecom ad

पी पी कोइराला :

करिव साठी बर्षकी ती आमै डरले थरथर काँप्दै थिइन् ।
चौकिदारले भन्दै थियो, “यी बुढीको सधैँको पारा यस्तै हो । कोही नौलो मान्छे देख्यो कि काँप्न थालिहाल्छिन् ।”

मैले भावुक हुँदै सोधेँ, “यत्रा मान्छे बस्छन् किन डराउनहुन्छ, आमा ?”

“पछि गुहु मुत एकै ठाउँ हुन्छ । कसैले राम्ररी सफाइ नगर्दिदा रहेछन् । म आइकन पनि दुइटी बुढी आफ्नै दिसापिसाबमा डुबेर मरे । त्यै देखेको भएर मलाई पनि त्यस्तै हुने त हो नि भनी डराको बाबू ।”

“हजुरको श्रीमान हुनुहुन्न, आमा ?”

“श्रीमान भएको भए यहाँ आउनु पर्थ्यो ? आफ्नो लोग्ने लाटो भए पनि उहाँ बाँचुञ्जेल मलाई कसैले हेप्ने हिम्मत गरेनन् । तर उहाँ बितेपछि म अपुतालीलाई सबैले आफलताफल गरे नि ।”

“को सबै ?आफ्ना दिदी बहिनी जेठाजु देवर यिनले पनि आमै ?”

“हो नि । रुप र बल छउञ्जेल सबैका म हाईहाई नै थिएँ । तर जब उमेर पनि ढल्कियो र विधवा पनि भएँ तब यी सबै आफन्तहरू परपर भए । आफ्नो जोडी बाहेक कोही आफ्नो हुँदैन रहेछ , बाबु, याद गरेस् !”

“यहाँ यस्तो बिजोग हुन्छ भन्ने जानी जानी किन आउन मान्नु भो त आमै ?”

“म आफ्नो खुशीले कहाँ आएको हुँ र ?” उनी एक छिन् अडिन् । अनि फेरि सुँक्कसुँक्क रुँदै भनिन्, “जबरजस्ती गरेर उनीहरूका छोराहरूले यहाँ ल्याइदेका हुन्, बाबु !”

०००
धरान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राहुराज

राहुराज

पी पी काेइराला
एक महाराज

एक महाराज

पी पी काेइराला
आनन्दतन्त्र

आनन्दतन्त्र

पी पी काेइराला
श्रीचप्पलजुत्ताहरु

श्रीचप्पलजुत्ताहरु

पी पी काेइराला
मुसोलिनी

मुसोलिनी

पी पी काेइराला
भ्रमलोकको राजा

भ्रमलोकको राजा

पी पी काेइराला
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x