साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुसोलिनी

यो अवस्था देखेपछि सहन नसकेर मुसोलिनीले पर्सी पल्टै अचम्मले ९७१२ वटा जोसिला मुसाहरु जन्माइन् र अह्राइन्, "तिमीहरु जाओ ! काम सकेर आओ।"

Nepal Telecom ad

पी पी कोइराला :

“जति दबाए पनि नदब्ने कस्ती निमोठिएकी बुढी ?”
हिंस्रकहरु बिरालोकै जस्तो गरि रिसले डुङ्रिदै थिए।

मुसाहरु दगुरिरहेका थिए । खेतमा अरु पनि बिरालोहरुकै रुप धारण गरेर मुसाको अस्तित्व नै मेटाउन लागिरहेका थिए।

“मुसाहरु भागेर कता गए कता, चिथोर्नै पाइएन।” बिराल्नी भनाउँदी पनि फतफताउँदै थिई।
“जति खन्यो उति दुलाहरु मात्रै भेटिए त हँ ?।” तिनका गार्डहरुले खुइय गर्दै बोले।
“सबै दुष्ट मुसाहरुलाई नमारी भएन । तर खोइ कता हराए ?” भन्दै तिनका गुलामहरु पनि भटाभट नङ्राले कोतरी रहेका थिए।

भागाभागको स्थितिमा कोहि मुसाहरु आफ्नै खेत छोडेर विदेशको खेततिर शरण पर्न गए तर बाटोहरु थुनियो।
थुनछेक गर्न सिपालु तिनैका बनाjटी पन्जाहरुबाट फुत्कन विचरा मुसाहरुलाई कठिन भयो।

अनि निसासिएपछि लाखौं मुसाहरुले एकै पटक नयाँ सुरुङ खन्दै प्रार्थना गर्न थाले, “हे आमा ! हाम्रो अस्तित्व बचाइ देउ !”

उनीहरुले ती डायनोसर युगकी बुढीआमालाई सम्झिएका थिए ।
मुसाहरुको आत्मामा लिन भएकी मुसोलिनी नामकी ती आमाले दुष्ट बिरालाहरुको आत्मा उघार्दै भनिन्, “हे बिरालो रुपी मुसाहरु ! किन आफ्नै वंशको खेदो गर्छौ ? तिमीहरुलाई समयले सत्तामा सेवा गर्न पो पठाको हो।बिरालो भएर अत्याचार गर्न हो र ? ”

तर झन ती भ्रष्टाचारीहरुले लोभ र पाप अनि अनैतिकतालाई नै आफ्नो मकसद बनाए।
विचरा पीडित मुसाहरु भने उनीहरुको कडा शोषणले थिलथिलो भएका थिए।

यो अवस्था देखेपछि सहन नसकेर मुसोलिनीले पर्सी पल्टै अचम्मले ९७१२ वटा जोसिला मुसाहरु जन्माइन् र अह्राइन्, “तिमीहरु जाओ ! काम सकेर आओ।”

०००
बालकोट, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राहुराज

राहुराज

पी पी काेइराला
एक महाराज

एक महाराज

पी पी काेइराला
आनन्दतन्त्र

आनन्दतन्त्र

पी पी काेइराला
श्रीचप्पलजुत्ताहरु

श्रीचप्पलजुत्ताहरु

पी पी काेइराला
भ्रमलोकको राजा

भ्रमलोकको राजा

पी पी काेइराला
अमरत्वको भीर

अमरत्वको भीर

पी पी काेइराला
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
0
Would love your thoughts, please comment.x
()
x