साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अमरत्वको भीर

विद्वानहरुलाई ज्योतिले फेरि सम्झायो, "जीवन सहि ढंगले व्यवस्थापन नगरी नामकै पछि कुद्दा नाम त हराउँछ, हराउँछ जीवन पनि हराउँछ नि।"

Nepal Telecom ad

पी.पी. कोइराला :

दक्षिण प्रशान्तको बिचमा एउटा अनौठो टापु। त्यहाँका बासिन्दाहरू सधैं एउटै मन्त्र जप्थे—
“नाम अमर बनाउन भीरको टुप्पो सम्म पुग्नैपर्छ।”

मध्यरात। तीनजना भीर चढेर टुप्पोमा पुगे। एक्कासि झलमल्ल उज्यालो पार्दै एउटा ज्योति देखा पर्‍यो। उसले सोध्यो ?
“किन आएका यहाँ ?”

त्यहिँको एउटा लेखकले भन्यो,
“नाम अमर बनाउन।”

ज्योतिले ब्यङ्ग हान्दै भन्यो,
“सूर्यले नाम अमर बनाउने धुन कहिल्यै राखेको छ ?
मानिस भने जीवन बिर्सेर किन नाम खोज्दैछ।”

अर्का विद्वानले तर्क सारे,
“समाजको विकास पनि त भइरहेको छ।”

ज्योतिले ठूलो स्वरमा भन्यो—
“कस्तो विकास?जहाँ आफ्नै सन्तानलाई बाटो देखाउने र हात समाउने समय छैन। आफ्नै बृद्ध आमाबुबालाई साथमा राखेर सेवा गर्ने फूर्सद छैन । जहाँ अरुको रोग निको पारिन्छ,तर आफ्नै मनको घाउ झन् बढाइन्छ। त्यस्तो विकास को के अर्थ रहन्छ ? यसरी वास्तविक जीवन गुमाएर नाम अमर पार्नु भनेको त आफ्नै अस्तित्व मेट्नु होइन र ?”

त्यतिकैमा आकाश गर्जियो। मुसलधारे पानी पर्‍यो। नामले भरिएको भीर भासियो। सबै नामहरू बगेर हराए। बालबाल बचेका ती विद्वानहरुलाई ज्योतिले फेरि सम्झायो,

“जीवन सहि ढंगले व्यवस्थापन नगरी नामकै पछि कुद्दा नाम त हराउँछ, हराउँछ जीवन पनि हराउँछ नि।”

०००
धरान- १३, सुनसरी । हाल:बालकोट, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राहुराज

राहुराज

पी पी काेइराला
एक महाराज

एक महाराज

पी पी काेइराला
आनन्दतन्त्र

आनन्दतन्त्र

पी पी काेइराला
श्रीचप्पलजुत्ताहरु

श्रीचप्पलजुत्ताहरु

पी पी काेइराला
मुसोलिनी

मुसोलिनी

पी पी काेइराला
भ्रमलोकको राजा

भ्रमलोकको राजा

पी पी काेइराला
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x