पी पी काेइरालाआनन्दतन्त्र
एक अनुसन्धानकर्ता करुणापुर पुग्छ र राजा आनन्दसँग सोध्छ— “आनन्दजी ! आनन्द तन्त्र भनेको यहि हो ?" जवाफमा राजाले भन्छन्, "हो। जहाँ सबैले सबैका लागि बाँच्छन्, त्यहीँ आनन्दतन्त्र हुन्छ।"
पी.पी. कोइराला :
एक:
करुणापुर धरतीको एउटा त्यो भाग
जहाँ लोकतन्त्रको खिल्लि उडाइएको थियो।
निरंकुशसत्ताले चिच्याउन बाध्य गराएको थियो।
त्यहाँ
शाषकहरु केवल औपचारिक पदमा मात्र थिए।
चरित्रहिन दायित्वहिन सम्झदा पनि कहालिलाग्दो।
दुई:
रहस्यमय सुरुवात।
एक दिन, अत्यन्त गोप्य कक्षमा ती चारै जना सेवकहरु बसिरहेका थिए।
राजाले भने—
“आज रातिदेखि हामी नयाँ शासन योजना कार्यान्वयन गर्छौं।”
प्रधानमन्त्रीले भने—
“सर्वप्रथम, हरेक टोलमा पनि चार सेवक नेता नियुक्त गरिन्छन्।
उनीहरू जनतासँगै बसेर खाना खान्छन्। शिक्षा, उपचार, मनोरञ्जन र सुरक्षा निशुल्क दिन्छन्।”
प्रधान सेनापतिले जिज्ञासा राखे—
“तर त्यत्रो खर्च ? यो त सम्भव छैन। चमत्कार भएन र ?”
प्र.म.ले भने—
“यो कुनै चमत्कार भएको होइन,
यो त डेटा विज्ञान, नागरिक भावनाशास्त्र र गणितीय नियोजनको प्रयोग हो।
हामीले १० वर्षअघिदेखि सबै जनताको आर्थिक, भावनात्मक र सामाजिक प्रवृत्तिहरूको विश्लेषण गरिरहेका थियौं।
त्यसमा आधारित भएर
हामीले प्रतिप्रस्ताव गरेका हौं।
— जनसहयोगमा आधारित आम्दानी, आत्मनिर्भर सहकार्य र विशुद्ध सेवा शासन तन्त्र।”
तीन:
रानी आज पनि चुपचाप सुनिरहेकी थिइन्।
अन्ततः उनले पनि भनिन्,“तर जनताको विश्वास कसरि पाउने ?”
राजाले गम्भीर भएर भने,
“हामी उनीहरूलाई सम्पूर्ण योजना होलोग्राफिक प्रोजेक्सन प्रणालीमार्फत घरघरमा देखाउँछौं। भाषा, संस्कृति, र भावना अनुसार न्यूरो-अभिप्रेरक प्रस्तुतीकरण तयार गरिएको छ। त्यसपछि जनताको फिर्ता प्रतिक्रिया स्वतः विश्लेषण गरिन्छ।”
प्र.म.ले थपे—
“९०% जनताहरु खुशीसाथ सम्पत्तिको १% दान गर्न तयार छन् ।
बाँकी १०% ले पनि सहयोगी भूमिका खेल्ने संकेत दिएका छन्।
त्यसैगरी विदेशमा रहेका नागरिकहरू १% नियमित आम्दानी पठाउन राजी छन्।”
चार:
एक महिना बित्यो।
करुणापुरको हरेक टोलमा साझा भोजन केन्द्र खोलिए।
विद्यालयहरू पुनः डिजिटाइज गरिए — जहाँ शिक्षक र विद्यार्थी एउटै टेबलमा अनुसन्धात्मक शिक्षणमा लिन थिए।
र अस्पतालहरूमा सबै रोगको उपचार “स्वचालित औषधि संयन्त्र” द्वारा गरिन थाल्यो।
त्यो इतिहासको पहिलो “जैव-नैतिक शासन प्रयोग”चलिरहेको थियो।
पाँच:
तीस वर्षभित्र करुणापुर एक नयाँ स्वरूपमा फुल्न थाल्यो।
प्रकृति पुनः फक्रन थाल्यो।
शहरबाट मानिसहरू गाउँमा फर्किए।
भौतिक मोह हरायो।
सादा जीवनशैली सुरु भयो।
मानिसहरू सात्विक र तात्त्विक बन्न थाले।
छोरीचेली, वृद्ध, दलित, अल्पसंख्यक, जनजाति सबै सम्मानपूर्वक जिउन थाले । जो सुकै सरकारको काममा भागिदार बने।
अब त्याहाँ युद्ध, गोली, शोषण, तस्करी, यौनधन्दा, बलात्कार, हिंसा केही रहेन।
खासमा भ्रष्टाचार निर्मुल नै भयो।
सेनापतिले मुस्कुराउँदै भने—
“कोहि शहिद हुनु पर्दैन।अब हामी हतियारले होइन, हार्मोन सन्तुलनले समाज चलाउँदैछौं।”
छ:
पृथ्वीभरिका अन्वेषक, वैज्ञानिक, पत्रकार, विद्वान्, धर्मगुरुहरू करुणापुर जान थाले।
गाउँगाउँमा पर्यटकले अनुभव गरे—
“शासन भनेको त सेवा पो रहेछ।
राजनीति भनेको
प्रेमपूर्ण निर्देशन वा विधान अनुसारको काम हो।”
राजाले अन्तर्राष्ट्रिय सम्मेलनमा भने—
“जब विश्वमा शासन पद होइन, ‘दर्शन’ हुन्छ,
त्यसैबाट आनन्दतन्त्र फैलन्छ।”
सात:
नयाँ संविधान, नयाँ मान्यता
घोषणा गरियो—
“राजाको पद ‘आनन्द’,
रानीको ‘करुणा’,
प्रधानमन्त्री ‘कल्याण’,
र सेनापति ‘प्रेम’। यी अब पद होइनन्,
यी दायित्वयुक्त आत्मदर्शन हुन्।”
पत्रकारले सोधे—
“यो प्रणाली सारा संसारमा कसरी फैलाउन सकिन्छ ?”
प्र मले जबाफ दिए—
“जब सञ्चारकर्मी र सूचना अधिकारी इमान्दार बन्छ, विश्वमानवहरुको
आत्माले आफैँ सत्य रोज्छ।”
आठ:
एक अनुसन्धानकर्ता करुणापुर पुग्छ र राजा आनन्दसँग सोध्छ—
“आनन्दजी ! आनन्द तन्त्र भनेको यहि हो ?”
जवाफमा राजाले भन्छन्, “हो। जहाँ सबैले सबैका लागि बाँच्छन्, त्यहीँ आनन्दतन्त्र हुन्छ।”
उनले फेरि सोध्छन,”के त अब विश्वमा शान्ति पनि यहि तन्त्रले ल्याउन सक्छ ?”
राजाले मुस्कुराउँदै भने,”सक्छ नि। विश्वमा शान्ति राजनैतिक लडाइँबाट कहिल्यै आउँदैन, बरु सहकार्य र करुणाबाट मात्र आउँछ।त्यसैले करुणापुरको ‘आनन्दतन्त्र’ नै विश्वको त्यो सुन्दर भविष्यको पहिलो कडी हुनसक्ला।”
समाप्त
०००
बालकाेट, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































