साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रमलोकको राजा

"एक गुरुकुलमा सँधै पछाडि बेन्चमा बस्ने एक बदमासलाई कुनै नियम कानून लाग्दैन रहेछ किनकी उ त्यसलोकको डन पो रहेछ !"

Nepal Telecom ad

पी.पी. कोइराला :

पहिलो घण्टीमै एकजना गुरुले कक्षाकोठामा गई सूचना सुनाए, “आजदेखि यो गुरुकुल को कुनैकक्षामा पनि सुत्ने र अनुशासन तोड्नेलाई रेस्टिकेट गरिनेछ !”

कक्षा एकछिन मौन भयो, पछिल्लो बेन्चको देवराजले भन्यो, “अब त हाम्रो दिन गयो नि गुरु !”
कक्षाभरि हाँसो गुन्जियो।

दिउँसोको घण्टीमा सत्यानन्द गुरुले फेरि नयाँ नियम लागू गरे।
ध्यान, योग, प्राणायाम, मुद्रा आशन र नैतिक प्रवचन अनिवार्य छ।
देवराजले फेरि विरोध गर्यो, “कति सारो अनुशासन ! यो स्कुल हो कि साधु सन्तको अखाडा ?” उसका लङ्गड साथीहरू हो मा हो मिलाउँदै हाँस्न थाले।

त्यही दिन उनीहरुले “लोक विद्यार्थी गण’ खोले।
“यो गुरु चाहिँदैन ! हामीलाई खुल्ला स्वतन्त्र मनपर्छ !”
सत्यानन्द आफैले देवराजलाई समातेर ल्याए र कडा सजायका लागि प्राचार्य बृहस्पतिसँग सिफारिस गरे।

तर देवराजको पावर बुझिसकेका बृहस्पतिले सत्यानन्द ऋषिलाई नै उल्टै झपारे, “देवराजलाई छोडिदिनुहोस्, उहाँलाई चलाउन मिल्दैन। उहाँ नै यहाँको डन हो ,।”
सत्यानन्दले उसलाई छोडेनन् बरु तुरुन्तै जागिर छोडिदिए।

बेलुका सबै खड्डुहरु देवराजको घरमा भेला भएर विजय उत्सव मनाउँदै थिए। त्याहिबेला पल्लो भट्टीबाट बिबिसी नेपाली सेवाको समाचार आउँदैथियो, “एक गुरुकुलमा सँधै पछाडि बेन्चमा बस्ने एक बदमासलाई कुनै नियम कानून लाग्दैन रहेछ किनकी उ त्यसलोकको डन पो रहेछ !”

०००
धरान–१३, हाल: बालकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राहुराज

राहुराज

पी पी काेइराला
एक महाराज

एक महाराज

पी पी काेइराला
आनन्दतन्त्र

आनन्दतन्त्र

पी पी काेइराला
श्रीचप्पलजुत्ताहरु

श्रीचप्पलजुत्ताहरु

पी पी काेइराला
मुसोलिनी

मुसोलिनी

पी पी काेइराला
अमरत्वको भीर

अमरत्वको भीर

पी पी काेइराला
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x