साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य : आधा भ्रम- (२४)

प्रकाश र हावामा भएका कीटाणुहरूबाट हुन सक्ने दुर्व्यवहारप्रति गरिएको सरकारी निगरानी स्वागतयोग्य छ। मानव अधिकारको उच्च ख्याल गर्दै पत्रिका पढ्न नदिनु कैदीहरूप्रति गरिएको ‘उचित सम्मान’ हो।

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

रुपन्देही कारागारमा रहेका पूर्व भिजिट भिसा बाहक रविन्द्र खम्वाको चर्चा बढेको धेरै भयो। खम्बा ढाल्नका लागि प्राकृतिक र कृत्रिम सबै शक्ति प्रयोग गरिएको छ। नैतिक मात्र होइन, शारीरिक रूपमा पनि अशक्त बनाउने सरकारी प्रयास आंशिक रूपमा सफल भए तापनि पूर्ण रूपमा सफल भएको छैन।

कुनै पनि सुनियोजित वा आकस्मिक घटना घटेर लीला समाप्त भैदिए हुन्थ्यो भन्ने धेरैको चाहना अझैसम्म पूरा भएको छैन। ‘सुरक्षाको नाममा सुरक्षालाई नै बलात्कार गर्ने’ शैलीमा हावा पस्न नदिने प्रयत्न गरिएको छ। हावाबाट कीटाणु पस्लान् र ज्यानलाई खतरा होला भनेर दया गरी झ्याल बन्द गरिएको भनिएको छ।

चाहिनेभन्दा बढी हावा नछिर्न दिन ढोका खोल्ने-बन्द गर्ने कुरालाई ध्यानमा राखिएको छ। सास लिँदा वा फाल्दा प्रशासनसँग अनुमति लिनु नपर्ने उच्च सुविधा भने प्रयोग गर्न रोकिएको छैन।

खम्बा पूर्व मन्त्री पनि थिए क्यारे ! अन्य नेताहरू जेल पर्दा धेरै समय अस्पतालमा बिताउनु उनीहरूको सेटिङ्गवाला तयारी हुन्छ। जेल नै बस्न परे रोजेको जेल, भेटघाट, पत्रपत्रिका छ्यालब्याल। तर यी खम्बा जस्तोसुकै पीडालाई पनि सहन तयार देखिन्छन्।

हुन त, उनलाई जेल लैजानुअघि नै अन्तिम इच्छा सोधिएको हुँदा तयारी कस्तो हुँदैछ भनेर त्यत्तिबेलै अनुमान गरिएको थियो। झ्याल बन्द गरेर रवि (सूर्य) को प्रकाश र हावामा भएका कीटाणुहरूबाट हुन सक्ने दुर्व्यवहारप्रति गरिएको सरकारी निगरानी स्वागतयोग्य छ।
मानव अधिकारको उच्च ख्याल गर्दै पत्रिका पढ्न नदिनु कैदीहरूप्रति गरिएको ‘उचित सम्मान’ हो। यिनलाई देश निकाला गर्न नयाँ कानुन आए हुन्थ्यो भन्ने चाहना राख्ने बाख्रा व्यापारीको सपना तुहिन दिनु हुँदैन।

जय जेल ! जय चलखेल !!

०००
(व्यङ्ग्य लेखक नुनचिनी पानी अमेरिकाका परिकल्पनाकार हुन्।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
0
Would love your thoughts, please comment.x
()
x