साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिमी मलाई केही नभन्नू 

द्रौपदीका पति पाँच पाँच थिए पाँचैले उत्तिकै माया दिए ल्याऊ बनाऔँ त्यसो भए कानुन नयाँ बराबरीकाे झैझगडा बन्द गरौँ भो ठिक छ तिमी दशरथ बन्नु द्रौपदी बन्छु म पनि तिमी मलाई केही नभन्नु !

Nepal Telecom ad

रामदेव पाण्डे :

नबोल है धेरै बुढी
नजानी नजानी
पढ्नु पर्छ ग्रन्थका
कथा कहानी
मूर्ख हुन् ती त
डबल श्रीमती कानुनको
कडा विरोध गर्नेहरू
कानुनको कुुरा उठ्दैमा
लुगलुग काँप्दै छेर्नेहरू
अनपढ गँवार कहीँका
दशरथका तीनओटी थिए
र त
राम लक्ष्मणलाई जन्म दिए
के हुन्थ्याे हुन्थ्याे?
एउटै रानी हुन्थिन् भने
बोल्नुअघि
एकचोटी रामायण पढ बुढी
ठिक छ बुढा
म त पढ्छु रामायण
तिमी पढ महाभारत
द्रौपदीका पति पाँच पाँच थिए
पाँचैले उत्तिकै माया दिए
ल्याऊ बनाऔँ त्यसो भए
कानुन नयाँ बराबरीकाे
झैझगडा बन्द गरौँ भो
ठिक छ तिमी दशरथ बन्नु
द्रौपदी बन्छु म पनि
तिमी मलाई केही नभन्नु !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको जय:

नेताजीको जय:

रामदेव पाण्डे
कारण के होला ?

कारण के होला ?

रामदेव पाण्डे
प्रभु ! घोर कलियुग आयो !

प्रभु ! घोर कलियुग...

रामदेव पाण्डे
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x