साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म नचल्ने भएछु

तपाईँहरूको पनि तपाईँ नभनी मपाई हुने बानी छ भने चाहिँ आजैदेखि छोडिदिनुहोस्। म जस्तो बेज्जत भएर कुकुर न बिरालो भएर निस्किनु पर्ला। तर मैले मनमनै भनेँ आफैलाई, म नचल्ने भएछु।

Nepal Telecom ad

नगिता लेप्चा राई :

हिजो मात्र एउटा कार्यक्रममा गए निम्तो नआई गएको चाहिँ हैन निम्तो पाएकै थिएँ । मलाई निम्तो छ भनेर अझै दुई चार जना ढोलेहरूलाई पनि मैले आफै बाठी भएर बोलाएँ किनभने ती ढोलेहरूलाई मैले बोलाएँ भने उनीहरूले पनि मलाई उनीहरूको कार्यक्रममा सजिलैसितले बोलाउलान् कि भन्ने आशाले बोलाएँकी हुँ। म त मान्छे चलाक छु नि।

ती ढोलेहरू पनि खुसी भएर आएछन् कार्यक्रममा तर त्यस कार्यक्रममा म आफैले त बस्ने एउटा चौकीसम्म पाएकी थिइनँ। उनीहरूलाई कता राख्ने मैले। मैले बोलाएका ढोलेहरूले देख्नुभन्दा अगाडि म अगाडि गएर अघिल्ला पंक्तिमा बस्ने गणमान्य महारथीहरूसित फोटो खिँच्ने बहाना सँगसँगै ती ठूला बडाहरुसँग बोलेको जस्तै गर्न थालेँ। मेरा ढोलेहरूले देख्दा पनि मेरो बदनाम नहोस् भनेर अगाडि रहेका अतिथिहरूसँग हाँसेँ बोलेँ . नमस्कार गरेँ, कसैले बस्नु भन्छन् कि भनेर आशा साँचेर यताउति गरिरहेँ तर कसैले मलाई बस्ने आग्रह त के टेँढ़पुच्छर नै लाएनन्।

त्यहाँ पनि मेरो केही चलेन। म अलि पर उभिएर कार्यक्रमलाई निहालिरहेँ। मेरा ढोलेहरूले मलाई नै खोजिरहेका थिए तर उनीहरूलाई के थाहा मैले नै त्यो ठाउँमा भाउ पाएको छुइन भनेर। मेरो तपाईँ नभनिकन मपाई हुने बानीले एकदिन मलाई डुबाउँछ होला। जुनै कार्यक्रममा पनि म अगाडि गएर सबैको ध्यान आकर्षण गर्न खोज्छु तर आजसम्म मलाई कसैले पत्तो दिएका छैनन्। अब ती ढोलेहरूले मलाई के भन्लान् भन्ने खटपट भइरह्यो। कार्यक्रम सकेर बिस्तारै बाहिर निस्केर हेरे कतै ढोलेहरू बसिरहेका छन् कि तर यता उता कहीँ पनि देखिनँ। बल्ल ढुक्क लाग्यो।

मनमा कस्तो कस्तो त लागिरहेकै थियो त्यतिकै घर आएँ। अब ती ढोलेहरूलाई मैले के भन्ने होला कुनै पनि कार्यक्रममा जाँदा नयाँ साडी गाडी भाडा सबै खर्चिनुपर्छ तर त्यो ठाउँमा गएर कुकुर न बिरालो भएर फर्किनु त मेरो बानी भइसक्यो। बाहिर बाहिर म यो संस्थाको प्रेसिडेन्ट हो भन्दै कति दिन धाक लाउँदै हिँड्नु हौ अब त अति नै भयो कहिले कुनै दिन कुनै कार्यक्रममा मान सम्मान पाइएन यहाँसम्म कि कार्यक्रमतिर जाँदा बस्नुसम्म भन्दैनन् हौ । अस्ति भर्खरै एउटा कार्यक्रममा आफै बाठी भएर अगाडि बस्न गएकी थिएँ एकजना मान्छे तुरुन्तै आएर म्याडम यो अतिथिको जग्गा हो, अर्को ठाउँमा गएर बस्नुस् न ल भनेर उठाइदिए अनि पछाडि गएर बसेँ।

अरुभन्दा पनि म एक्लै भए त केही थिएन ढोलेहरूसँग हुँदा त मेरो इज्जतको फालुदा बनाइदिन्छ नि हौ। तपाईं नभनी मपाई हुने बानीले म कुनै दिन लाजामर्दो हुन्छु होला। अब ती ढोलेहरूले मलाई उनीहरुको कार्यक्रममा बोलाउँछन् होला र ?

म त सुर्तामा परे अब मेरो कहीँ केही नचल्ने भयो । अब कसलाई समातेर माथि पुग्नु हौ एउटा मान्छेसँग कुनै नयाँ संस्था खोलौं कि अब अरु कार्यक्रममा त मलाई कुकुर गन्ति गर्दैन अब आफै कार्यक्रम गरेर अध्यक्ष म नै बसौँ कि क्या हो। होइन मेरो यो बाठी हुने बानीले मलाई ठूलो भड्खालोमा हाल्छ होला कुन दिन अब चाहिँ कुनै कार्यक्रममा बोलाएछ भने चेला चमेनाहरुलाई नबोलाउनु पर्यो एक्लै जानुपऱ्यो ।

तपाईँहरूको पनि तपाईँ नभनी मपाई हुने बानी छ भने चाहिँ आजैदेखि छोडिदिनुहोस्। म जस्तो बेज्जत भएर कुकुर न बिरालो भएर निस्किनु पर्ला। तर मैले मनमनै भनेँ आफैलाई, म नचल्ने भएछु।

०००
सिलगढी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x