साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म

ऐलानी ढलनाल या बगर ती सारा हसुर्दै छु म मेरा कर्तुतका सबै रहहरू खोजेर पुर्दै छु म सत्ता शक्ति सशस्त्र काम गहना आदर्श पार्दै छु म नाङ्गै नाच्छु हँसाउने छु दुनियाँ नेपाल दार्दै छु म ।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

मागी भोट जिती पुगी सदनमा उङ्दै बसेको छु म
भत्ता थाप्छु सधैँ र मस्त जनता ठुङ्दै बसेको छु म
ताली ठोक्छु म टन्न बोक्छु रुपियाँ सिन्को नभाँचे पनि
सक्दो हाँस्छु खितित्त देश जनता हाँस्दै नहाँसे पनि ।

जोडेँ कार किनेँ विकास नगरी कल्ले मलाई छुने
चिप्ला भाषणमा भुलेर सबले नेता मलाई चुने
हल्ला बेच्छु बजार देख्छु यसकै नेपालमा सुन्दर
हाल्छन् भोट म जित्छु फेरि यसरी भेडा बनाई नर ।

आएको रुपियाँ बजेट म खुसी हाल्ने छु गोजी भरी
मान्छे हुन्न ठुलो म बुझ्छु जहिले सेवा कसैको गरी
भट्टी जाँड जुवा वयस्क तरुनी साथी बनाएपछि
बग्ने गर्छ कुलो उँभो गजबले गैरो खनाएपछि ।

झारा टार्न विकास गर्छु म सधैँ को बोल्छ मेरा अघि
कोही बोल्छ भने म दन्त उसको झार्ने छु गुन्डा लगी
भर्ती केन्द्र म खोल्छु लठ्ठक सबै साला र सालीधरि
लाई जागिर दिन्छु बेच्छु जनता भेडा र बाख्रासरि ।

ऐलानी ढलनाल या बगर ती सारा हसुर्दै छु म
मेरा कर्तुतका सबै रहहरू खोजेर पुर्दै छु म
सत्ता शक्ति सशस्त्र काम गहना आदर्श पार्दै छु म
नाङ्गै नाच्छु हँसाउने छु दुनियाँ नेपाल दार्दै छु म ।

०००
दमक= ८, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

बिन्दु दहाल ‘मूकदर्शक’
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
0
Would love your thoughts, please comment.x
()
x