साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक चोक्टा (उपन्यास अंश– ४)

वरिपरिका गाउँले हो हल्ला मच्चाउन नजान्ने खालका भएकोले कप्तान्नीको ढिलो जागाको कारण कसैलाई चाहिएन । यदि चाहेको भए कप्तान्नी पनि कम्तीकी होइनन् । बातैपिच्छे सारी पल्टाई दिने उनको बानी नै बसिसकेको थियो ।

Nepal Telecom ad
बी.डी. त्यागी :
समसामयिक नेपाली हास्यव्यङ्ग्यमा कमै चर्चामा रहेका हास्यव्यङ्ग्यकार व्यक्तित्व हुन् बलदेव आचार्य । उनी बी.डी. त्यागीको नामबाट हास्यव्यङ्ग्य लेखनमा सक्रिय थिए । मोहनकुमारी/शुकदेव आचार्यका सुपुत्रका रूपमा वि.सं. १९९६ साल वैशाख १२ गते गहनापोखरी टंगाल, काठमाडौँमा जन्मिएका त्यागीले स्नातक तहसम्मको औपचारिक शिक्षा आर्जन गरेका थिए । वि.सं. २०६० वैशाख १९ गते कीर्तिशेष भएका त्यागीका अन्यान्य फुटकर हास्यव्यङ्ग्य रचनाका साथै ‘उत्पात’ (२०५८) र ‘एक चोक्टा’ (२०७६) दुईवटा हास्यव्यङ्ग्य उपन्यास कृति प्रकाशित छन् । नेपाली हास्यव्यङ्ग्यमा अत्यन्त कम लेखिएको विधा विशेष हो उपन्यास । औँलामा गन्न पनि नपुग्ने हास्यव्यङ्ग्य उपन्यास कृतिमध्ये त्यागीको ‘एकचोक्टा’ उपन्यास कृतिको अक्षराङ्कन प्रति स्रष्टा निबन्ध आचार्यको सौजन्यमा फित्कौलीलाई प्राप्त भएको छ । ‘चार थुम्का’ उपन्यास सङ्ग्रहमा सङ्कलित त्यागीको ‘एक चोक्टा’ हास्यव्यङ्ग्य उपन्यास श्रृङ्खलावद्ध रूपमा क्रमशः प्रविष्ट गरिरहेका छौँ । – सम्पादक

(४)

साँझ साँझ परेको छ । जाडो निक्कै जागेको । कुकुर भुकिरहेका छन् । केहि मानिस बाहिर गलफत्ति गरिरहेका छन् । कसैको मुखबाट मार ! मार !! को ठूलो आवाज निस्कीरहेको छ । वातावरण नाजुक अवस्थाको छ । जाडो छिन छिनमा बढ्दैछ । कृष्ण पक्षको रातले आफ्नो तुजुक झिक्दै छ । गल्फत्ति झगडामा परिणत भैसकेको स्वास्नी मानिसको रुवाईको ठूलो आवाजले प्रष्ट दर्शाई सकेको छ । थोत्रो खाटमा उत्तानो टाङ्ग लगाई सुतिरहेको चाहुरेलाई बाहिर निस्कौँ–निस्कौँ भन्ने विचार लागि सकेको छ । तैपनि ऊ कप्तान्नी साहेवको आगमनलाई पर्खिरहेछ ।

छिंडीको ढोकामा फिटिक–फिटिक्‌को आवाज लागेकोले चाहुरे झस्क्यो । बाेल्ने साहस भएन । पाखीले मुख छोपेर एकै डल्लो बन्यो । फिटिक्‌–फिटिक्‌को आवाज किटिक्‌–किटिक्‌मा परिणत भएकोले ऊ झन् तर्स्यो । ‘त्यो के हो ?’ भन्ने शब्दसम्म झिक्न नसकेर थुरथुर काँपी सुरुक्क तल वर्लि खाटमुनि घुस्यो । बाहिरको झगडाले उग्र रुप धारणा गरिसकेको बाल बच्चाको ‘आमा ! मरे नि…को’ रुवाई र विना जवाफको वातावरणले नै प्रष्ट तुल्याई सकेको थियो ।

चाउरेले आफूलाई पनि एक दोषीमा औंल्याएको थियो । ऊ दिउँसो कसैसँग झगडा गर्न डराउँदैनथ्यो । त्यहि दिन विहान गाउँको सेंठ भीमेकी छोरीलाई जे त पर्ला भनी समाती दिएको थियो । टाइट् फिट् उस्को बेलवटम्बाट पानी चुहिएर बाटोमै दह जमेको उस्को आँखा सामु नाचिरहेकै थियो । भीमेको लामो जुँगा, रातो आँखा, थाम तिघ्रा, पहलमान पाखुरा, छ्याकटे डरलाग्दो अनुहार, एक्कासी जाइलाग्ने बानी सबै उस्ले नजानेको होइन । जवान केटीलाई देख्दा कता कताबाट डर गुम भयो । जे त पर्ला भन्ने सुर चल्यो, जस्ले गर्दा अँठ्याउन कुनै आपत परेन, अँठ्याई दियो पनि । प्रेम पासमा मस्किएकी उस्को जवानी चूर चूर भएर बूँद बूँदमा परिणत हुन केहि बेर लागेन । बेलवटमबाट जवानीको जोस एक्कासी झरेर ताल बन्यो । तब उस्को सुसाई बुर्कुसी मार्‍यो । आफूले आफैलाई दोषी ठानी दिउँस भरी बाहिर निस्कने साहस गर्न सकेन । गन्हाउने छिंडी उस्को एउटा सहारा बन्यो । संसारै उसले भुत देख्न थाल्यो । न उस्ले कप्तान्नी साहेवलाई पनि भूत देख्ने हो ? नत्र किन फिटिक्‌–फिटिक्‌को आवाजलाई अनुमान लगाउन सक्तैन कि कप्तान्नी साहेवको सवारी भो ? उनी हर दिन त्यसै बेला आराम दिलाउन आउँथिन् । फिटिक्‌–फिटिक्को आवाज दिँदै ।
घण्टौँ पर्खिसकेपछि कप्तान्नी साहेवले ढोका घच्घच्याएर बाेलाइन् –
“चाउरे ए चाउरे !”
खाटमुनि एक डल्लो भई सुतेको उसले बल्लतल्ल ठम्यायो । कप्तान्नी साहेवको स्वर, अनि फेरि सम्झ्यो – ‘राती कसैले बोलायो भने तीन पल्ट नबाेलाई बोल्नु हुँदैन’ त्यसैले चूपै रहयो । कप्तान्नीले फेरि बोलाइन् –
“चाउरे, चाउरे, ए चाउरे !”
तब उसले बाेल्यो –
“को हँ ?”
“चिन्हीनस् मलाई !”
“ए ! कप्तान्नी साहेव !”
“के भो चाहुरे आज र्तलाई, किन यतिका बेरसम्म सुतिस् ?”

उसलाई साहस आयो । बिस्तारै खाटबाट बाहिर निस्केर पाखीले पसिना पुछि टुकी सल्कायो । उठेर ढोकामा गई आग्लो खोल्यो । कप्तान्नी भित्र पसिन् । ढोका खोलै राखी ऊ पनि फर्क्यो । कप्तान्नीले उठी ढोका बन्द गरिन् । काखीभित्र राखी ल्याएकाे मासु हालेको बट्टा र च्युराको पोको झिकी अगाडि राखेर भनिन् –
“लौ बस्, दुवै जना मिलि खाउँ !”
“हजुरसँग बसी खाने मैले ?”
“हजुर नभन भनेकी होइन मैले ? के को हजुर ?”
“बिराएँ लौ, अब भन्दिनँ । सँगै खाने त ?”
“हो, आज तैँले मलाई खुवाउनु पर्छ ; मैले तँलाई ।”
“के हो र आज ?”
“दिपु आठ वर्ष लागी, तेरो र मेरो सहवास भएको नौ वर्ष लाग्यो, त्यसैले ।”
“हैन प्यारी, तिमीलाई मैले आफ्नी बनाएको कप्तान सावलाई थाह होला ?”
“ती बुद्धुलाई के थाह हुन्थ्यो ?”
“अँस्ती तिमीले बत्ती निभाउँदा दिपुले केहि शंका त गरिन ?”
“त्यसलाई के थाह ? हामीहरुले के गर्न लाग्यौँ के ??”
“कप्तान साब कहिले फर्कन्छु भन्थे नि ?”
“आठ महिनामा फर्कन्छु त भन्थे, लडाईंमा गएका के फर्कलान् ?”
“बहादुर त निक्कै छन् क्यारे कप्तान साव ?”
“जत्तिसुकै बहादुर भए पनि के ? आफूले काबुमा ल्याइहालेकी छु !”
“साँच्चै, तिमीले क्या छकायौ शक्रान्तीको दिन !”
“त्यो के छकाएँ ? एक दिन उनकै साथमा सिनेमा हेर्न जाँदा एउटा केटोले सरक्क तानेर आफ्नो सिटमा राखी कत्ति मोज लुट्यो तैपनि त केही पत्ता पाउन सकेनन् ।”
“तिम्रो आजसम्ममा कति लोग्ने भए होलान् ?”
“बिसोटामा त कम्ती छैनन्, बढ्तामा कत्ति भनौ ?”
“अहिले कत्ति वर्षकी भयौ ?”
“तीस वर्षमा दिपु जन्मेकी, अहिले कत्ति भएँ होली ?”
“तँ कत्ति वर्षको भइस्नी ?”
“चालीस !”
“बुढो पो भैसकिस् त ?”
“मान्छे बुढो भए पनि दिल कहाँ बुढो छ र ?”
“त्यो त तैंले भन्नु पर्छ र ? चारौटी तरुनीलाई थकाउन सक्छस्‌ ।”
“तिमी एउटीसम्मलाई जिन तिन धित मराउन सक्छु होला, अरुलाई त यसै भन्न सक्तिन । उमेरमा त तिमीले भने जस्तै चारौटीलाई बाजी ठोकेर थकाई दिन्थेँ । आजकाल हिम्मत पनि आउँदैन उत्ती सारो ।”
“म एउटीलाई धित मार्न सक्नेले आजकालमा पानीआन्द्रे चारोटीलाई धित मराउन केहि गाह्रै छैन ।”
“हो र ?”
“दिपु नै हेर्न ! आठ वर्षकी भएकी कुनै फुर्तिनै छैन । यस्को बेलामा आफूले ४/५ केटालाई अर्न्तवार्ता दिन लगाई सकेकी थिएँ ।
“पहिलो पल्ट तिमीलाई कस्तो लाग्यो ?”
“अलिकति चर्‍याउने, मज्जा त मज्जै हो ।”
“मेरो त पहिलो पल्ट रण्डी परिछ । काम सकेर घर आउन पाएको छैन चिलाउने र टट्टाउने गर्न थाल्यो । साह्रै दुःख पाएँ चार महिना सम्म ।”
“चौथो पल्ट मलाईं पनि त त्यस्तै पर्‍यो नि : कहाँबाट सल्काएर ल्याएको रहेछ, पाँच रुपैयाँ दिन्छु भन्यो, मानी हालेँ । काम गर्दा गर्दै अति चिलाएको थियो । पछि त पीप झर्न थाल्यो । हुनसम्म हण्डर खाएर अस्पताल चहार्दा चहार्दै बल्ल निको भएँ ।”
“कप्तान सावले बिहेनै गरेर ल्याएका ?”
“बिहे नगरीकन त किन आउँथें नि ?”
“थाह पाएका रहेनछन् र ? तिमी यस्ती छेऊ भन्ने ?”
“उनले खरावी के भन्थे ?”
“तिमी भाग्यमानी रहिछ्यौ !”
“अभागी भएकी भए यस्तो चैन कहाँ पाउनु ?”
“तिमीलाई खुबै आराम छ हगि ?”
“आरामै त भन्नु पर्‍यो नि, आफ्नो सम्पत्तीमा अरुलाई ल्याई मोज लुटाउन पाएकी छु । लोग्ने नामका छँदै छन् । कसैले चण्डाल्नी भनी मुख फुटाउन पाएका छैनन् त !”

कुरा साँचो हो । तिमी जस्ती भाग्यमानी यस संसारमै पाउन दुर्वभ छ । पूर्व जन्मको धर्मको फल आज धमाधम् चाख्दै छेउ । यस जन्ममा पनि हामी जस्ता कामातुरको सेवा गरेकी छेउ । अर्को जन्ममा पनि लोग्ने वियोग भै बस्नु पर्ने छैन । तिमी दानी छेउ, सदा दान पाउने छेउ । मैले तिम्रो अर्को जन्मको सवै बृत्तान्त बताई दिई हालेँ । अब आफ्नो काम चालु गरि हालौँ किन चूप रहने ?
“के काम चालु गर्ने ?”
“उही त हो, जुन कामको निमित्त तिमी आएकी थियौ ।”
कप्तान्नी मुस्कुराई । चाउरेले आफ्नो चुस्स दाह्री आएको चिउँडो अगाडि तेर्स्याई दियो । कप्तान्नीले हल्का हातले प्याट्ट हानी । चाउरेले कप्तान्नीको कपाल खुज्मुज्याएर चुल्ठो तानी गाला अगाडि ल्याएर कटक्क टोकी दियो । कप्तान्नीले नखरा पारी कराएर गाला समाती निचरी दिई । जुङ्गा समातेर तानी दिई । दाह्रीमा मुलायम हात लगी विस्तारै आफूपट्ट्री तानेर आफ्नो गाला मिसाई । चाउरेले चिउँडो ठाडो पारेर आँखा मिलाई केहि बेर हेर्‍यो । कप्तान्नीको रातो ओंठमा आफ्नो औंला लगेर चुसायो । कप्तान्नीले बच्चाले दुध चुसे झैं चुसी । चाउरेले उनको कम्मर समातेर आफू पट्टी तान्यो । कप्तान्नी अलिकति सरेर उस्को तिघ्रामा टाउको राखी पल्टी चाउरेले नाक समातेर हल्लायो । काखीको रौँ तानेर हल्लाई भूँडीमा काउकुती लगाई दियो । कप्तान्नी हाँस्दै उठेर काखमा बसी । उसले सारी अलि माथि तानि दियो । कप्तान्नीले उस्को पाइन्टको टाँक र अण्डरवेरको इँजार कुन बेला फुकाली दिई सकेकी थिई । चाउरे बसी रहयो । कप्तान्नीले धेरै पल्ट काखमा उठ्सब गरी । अन्त्यमा दुवै लखतरान परी पल्टे ।

रात आधी बितीसकेको थियो । दिपु व्युँझी । दाँयातिर छामी । आमा नभएकीले चिल्लाएर रुन थाली । छिंडीमा चाउरेले रुवाई सुन्यो र कप्तान्नीलाई हेर्‍यो । ऊ मस्त निदाइरहेकी थिई । जुठो मासुको भाँडा छेउमा घोप्टी रहेको थियो । २/४ गेडा च्युरा अड्केको रुमाल खुट्टामुनि त्यसै फ्याकिएको । पाखी भिजेको राडीमा चिप्ले कीरा हिंडेको दाग कट्कट्टिएर सुकेको । कपाल जिङ्ग्रिङ्ग परेकी कप्तान्नी त्यही राडीमा लम्पसार परेकी । सबै देखेर केही बेर अचम्म मानी हेरिरहयो । पछि दिपुको पदचाप भर्‍याङ्मा सुनेर चाउरेले कप्तान्नीलाई घच्घच्यायो । कप्तान्नी जुर्मुराउँदै उठी ।

निद्राको सुरमा हिंडेकी दिपुले मूलढोका खोली । बाहिर चकमन्न अँध्यारो देखेर चिल्लाउँदै भित्र पसी । ढोकाबाट च्याई हेर्ली र फसाद पार्ली भनी कप्तान्नीले बत्ति निभाई । अन्धकारमा एक्लै परेकी दिपुले भर्‍याङ् पैलाउन नसकेर त्यहीँ बसी डाँको छोडेर रुन थाली । कप्तान्नीले अँध्यारैमा बाहिर निस्की झपार्न थाली –
‘किन आएकी राँड यति बेला तल । मुत्न परेको भए कोपरामै मुतेकी भए भैहाल्थ्यो नि । मर अब माथि । आठ–आठ वर्षकी भैसकी । बिहे गरिदिएको भए छोराछोरी पाउने बेला भैसक्थ्यो । रोएर हिंड्न लाज लाग्दैन ? हिंड ! उक्ली भर्‍याङ् ।’
दिपुले धर्मराउँदै भर्‍याङ उक्ली । कप्तान्नीले कराई –
‘चाउरे ! सुतेको छैनस् ? सुत अब ! भोलि छिटै माथि उक्लनू । काम धेरै छ । नभ्याउलास् ।’
आमाको कुरा सुनेर दिपुले सोधी –
“के काम छ मुमा भोलि ?”
“धन्ना गर्नु पर्छ, के छ अब ?”
“चाउरेले कहिले धन्ना गरेको छ र ? गर्छ धन्ना ।”
“सँधै त गर्छ नि, तँ पो खाएर सुती हाल्छेस् ।”
“भोलि म पनि गर्छु है मुमा, धन्ना !”
“गरिस् तैंले !”
“हेरिस्योस्न भोलि कत्ति गर्दिरेछु ।”
“भो, भो नकरा ! अब सुत !”

दिपुले दोलैं तानी मुख छोपी सुती । कप्तान्नी सुटकेश घिसारेर के के गर्न लागि । कात्राक कुत्रुकले रात वित्न आँटी सकेका सोचि विहान पख कप्तान्नीले सामान थान्को मान्को नै नलगाई त्यसै पल्टिने विचार लिई । रात सन्नाटानै थियो । त्यसैले भर्‍याङ्गको टाउकोबाट चाउरेको कोठाको उज्यालो फेरि हेरी । सुतिसकेको अनुमान लगाई कप्तान्नी कोठाभित्र पसी । बत्ती निभ्यो ।

रात बितिसकेको थियो । कप्तान्नी सुतेको केही वेरपछि नै चराचुरुङ्गीहरु चिर्विर गर्न थाली हाले । सूर्यले आफ्नो रातो मुहार दर्शाएर विहानीलाई खिस्सी गर्न केहि बेरै लगाएनन् । पहिले दिपु ब्यूँझी पछि चाउरे, त्यसपछि कप्तान्नी गरी क्रमैसँग उठे । सबै विउँती सक्दा दश बजेको हुँदो हो । वरिपरिका गाउँले हो हल्ला मच्चाउन नजान्ने खालका भएकोले कप्तान्नीको ढिलो जागाको कारण कसैलाई चाहिएन । यदि चाहेको भए कप्तान्नी पनि कम्तीकी होइनन् । बातै पिच्छे सारी पल्टाई दिने उनको वानी नै बसी सकेको थियो । लाज सरम मान्न लाग्यो भने स्वास्नी मानिसले नबचे पनि हुन्छ भन्ने उन्को सिद्धान्तै बनिसकेको थियो । हरेक स्वास्नी मानिससँग कुरा गर्नु पर्दा अश्लील शब्द मुखबाट निस्की हाल्थ्यो । मायाँ नै गरेर बोल्नु पर्दा भने अति जनपृय शब्द निस्किन्थ्यो ‘मोरी’ ।

कप्तान्नीले ‘मोरी’ भनी कसैलाई सम्बोधन गरी कि त्यो अति मन परेकी रहिछ कप्तान्नीको भन्ने कुरा गाउँले आइमाईले तुरुन्त चाल पाई हाल्थे । दुईटा रुपैयाँ सापटी लिनु पर्‍यो भने उही मोरीलाई अगाडि तेर्स्याउनु पर्थ्यो । कप्तान्नीले सबैलाई भन्दा बढी रुचाएकी शर्मिलालाई नै हो । नरुचावस् पनि किन ? कहिले काहीं केही कुरो पुगेन भने मोरी ! यती देउन भन्न पुग्नु परिहाल्थ्यो । गाउँलेसँग जोड तोड परेमा जय बहादुर अगाडि नसरी दिई कामै बन्दैनथ्यो । अनि बढी नरुचाएर के गरोस् ?
गरीब गाउँले शर्मिलाकै दयाबाट बाँचेका हुन् । सापटी कसैले माग्न गएमा पहिलेनै भनिदिन्थिन् –
“सके तिर्नु , नसके तिर्न सकिन भनी पीर नगर्नु ।”
दान नै जस्तो गरी सापट दिई पठाउने उनको पैसा पनि कसैले पचाई दिंदैनथे । ढिलो तिर्न सकिने भएमा पहिलेनै कसै कसैले भनि दिन्थे –
“पचाउन त पचाउँदिन तर तिर्न केहि ढिलो होला ।”

यस्तो कुरा गर्नेलाई भने जत्ति मागे पनि दिन हिच्किचाउँदिन थिइन् । त्यसैले यिनको ऋण चुक्ता गर्न नपाउने अथवा नसक्नेले भने कप्तान्नीकै नेहोरा गर्नु पर्थ्यो । भनेको दिनमा पैसा वुझाउन नलगे भोलि पल्टै व्याज र सावाँ बराबर भैहाल्थ्यो । व्याज माफी गराउनु पर्‍यो भने गरीवहरुले शर्मिलालाई अघि सराउँथे । उनले एक वात भनी दिएपछि भने साँवा मात्रै बुझिदिई हाल्थी ।

कप्तान्नीले पैसा दिएकी भए पनि दिलाउने शर्मिला भएकी हुँदा गुणगान बढी शर्मिलाकै हुन्थ्यो । कहिले काहिँ भने कप्तान्नी भन्ने गर्थी –
‘व्याज माफी म दिन्छु ; जस दिन्छौ शर्मिलालाई ; तिमीहरु भन्दा बढी बुद्धुको होलान् ? यो संसारमा । शर्मिला को हो र ? ब्याजको गडबढी हुँदा साथ उसैलाई अघि सारेर ल्याउँछौ ? अव शर्मिला अगाडि ल्यायौ कि व्याज डब्लिन्छ बुझ्यौ !’

कुरा सुनी नै रहन्थे । पैसा बुझाउन २ दिन ढीलो भो कि हेर्न शर्मिला कहाँ पुगी हाल्थे । बाघ जङ्गीय झै जङ्गी रहेकी बेलामा पनि शर्मिला पुग्दा साथ श्याल बनी हाल्थी कप्तान्नी । के के न गर्छु भनी नाडी खैंची रहेकी बेलामा शर्मिला आइन् रे भन्ने शव्द कानमा पर्‍यो कि साग वैलाए झै ओइलाई हाल्थी । यी दुईको ग्रह के मिलेको हो ? कप्तान्नीको कानमा शर्मिला भने पर्नै नहुने पर्‍यो कि लालाक लुलुक् हुन पुगी हाल्ने ।

कप्तानलाई ठाडै झम्टिने कप्तान्नी जयबहादुरको जुङ्गा देख्ना साथ मदारीको वीनमा लट्ठीएको सर्प जस्तै त्यसै लट्ठिन्छे के हो ? मैले केहि बुझ्नै सकिन । मोहनी पो लगाएका छौ कि कसो हो ? लगाएका भए त्यस्तो मोहनी मन्त्र मलाई पनि सिकाई देऊन् । जस्ले गर्दा कप्तान्नी मलाई देख्दा साथ लुत्रुङ्ग परोस् ।

यस्ती चपरचट कप्तान्नी दश वजे व्यँुझेकी अव उसलाई के चाहियोर ? बाँसको झाङ्गमा सारुङ्ग कराए झैं कराउन थाली के के हो के के ? दशा बौलाएकी थपिनी पैसा तिर्न आएकी म्याद सकिएको भोलिपल्ट । दश रुपैयाँको व्याज दशै रुपैयाँ नलिई किन छोड्थी ? फरिया फुकाल्न लगाएर पठाई दिई बौरीलाई । दश रुपैयाँ साँवा फरिया व्याज । यस्ती कप्तान्नीलाई साध्वी एक लाख आठ कहाँ पो पढाई दिनु पर्ने । किन जान्थी ? ऊ पनि बाठी छैन र ? एक हजार आठ कहाँ जाँदा त पाँच पैसै ढ्याक राखेर चार पैसा फिर्ता लिएर हिंडी, सोझी एक लाख आठलाई के मान्थी ?

हैन, चाउरेलाई कुरा उठाई दिनु पर्‍यो । जान्छे कि एक पल्ट दर्शन गर्न ? गई भने त उल्टीन्छे कि ? व्याज मात्रै तिर्न नपरे पनि गरीवहरुको केहि उद्धार हुन्थ्यो । मैले हर दिन जासूस बनेर कत्तिलाई बिगारेँ । कत्तिको सर्वस्व उडाई दिएँ । कमसे कम एउटा सापटी लिने व्यवस्था मिलाई दिन सकेंभने केहि पुण्य त मिल्ला ? गरीवले जय ! जय !! कार त मान्‌लान् । बुद्धु कप्तानले पातर्नी स्वास्नी ल्याएर छुलु–छुलु मुत्दै दिन बिताई हाले । अव फर्कने हुन, होइनन् । त्यत्रो श्री सम्पत्ति किन सडाउन लगाई दिनु । ठग्न सके गरीवले त खान्छन् । जान्छु, मोडी दिन्छु उनको मुड ।

कप्तान्नी खाना बनाउँदै थिइन् । दिपु पुतली खेली रहेकी थिई । चाउरे गफ गर्दै थियो । थपिनी हात जोडेर कराउँदै थिई –
“कप्तान्नी साव, सबैलाई मर्नु पर्छ । किन यस्तरी गरीवलाई मारी बक्सन्छ ? एक दिनको ब्याज एउटा फरिया पनि कसै पच्ला ?”
यत्तिकैमा टुफिन पुग्यो । उसलाई अकस्मात देख्दा कप्तान्नी जिल्ल परी । एक छिन सम्म केहि वोल्न सकिन पछि लर्वरिएको स्वरमा सोधी–
“हैन टुफिन, आज किन आइस् ?”
“हजुरको दर्शन गरौँ भनेर ।”
“के छ हाल खवर वतान त !”
“हाल खवर कत्ति छन् कत्ति ? ती थपिनी किन आएको ?”
“पैसा बुझाउन आएकी रे !”
“बुझी सेनत !”
“बुझें नि, किन नबुझ्नु ?”
“किन बसेकी त ?”
“खोई किन हो ? बसी रहेकी छे ।”
“किन बसेकी थपिनी आमा ?”
“पैसा तिरेँ, व्याज पुगेन रे फरिया लिदिनु भयो । त्यसैले बसेकी !”
“कत्ति रुपैयाँ तिर्नुथ्यो तिमीले ?”
“दश रुपैया !”
“दिइनौ त ?”
“दिएँ, व्याज फरिया लिइ वक्स्यो नाङ्गै कसरी जाउँ ?”
“वसन त , खानी कुरो तयार पारी बक्सदै छ । खाएर जाउली ”
“त्यसलाई खुवाउन वनाएकी हुँ र यो ?”
“किन सारी लिदिई बक्सेको त, दिएर पठाई दिई बक्स्योस गई हाल्छीन्नी !”
“वुझिवक्स्यो कप्तान्नी साव, एक लाख आठ महात्मा आएकी छिन् !”
“आएर के भो ?”
“दर्शन गर्न सवारी भैस्योस्न !”
“दर्शन गरेर के पाइन्छ ?”
“मनले जे चिताई बक्सेको छ , त्यहि पाइन्छ !”
“पाइयो ! १००८ लाई दर्शन गरेर के पाइयो, १००००८ लाई दर्शन गरेर के पाइएला ? मलाई यस्ता फुश्रा फुश्री हरुबाट केहि पाइएला भन्ने आश छैन !”
“हैन, यो १००००८ अचम्म कि छिन् । जेलाई छोइदिइन् तुरुन्त सुन भइ हाल्छ । आज एउटा कुखुरो छोइन् , तुरुन्तै सुनको वनी हाल्यो ।”
“हो र ?”
“हजुरलाई पनि किन ढाट्थेँ ।”
“लौन त हिंड । कहाँ छिन् ?”
“पहिले सारी दिएर थपिनीलाई पठाइ दिस्योस्न अनि कुरा गर्दै गरौंला ।”
“दिपु, टंक खोलेर त्यो राखेको सारी देर पठाई दे त ।”
“बाबुको जय होस् ! यस्ता पातकीको हर बखत क्षय होस् । ऋण तिर्न आउँदा धोती खोसेर लिन सक्ने यस्ता पातकीलाई साधुले भष्म गर्छन् । कहाँको सम्पत्ती ?”
“नकराउ बुढीया ! जाऊ सुरुक्क !”
“कप्तान्नी साब, जाने होइन त ?”
“जाने, किन नजानु ? छोएको सुन हुने त साँचो हो ?”
“आफ्नै आँखाले देखेर आएको, किन हुँदैन थ्यो ?”
“दिपु, यहिँ वस्त । म गएर आउँछु ।”

कप्तान्नी टुफिनको पछि लागी निस्कन्छे । चाउरे पाकेको सामर चाख्दै आफ्नो छिंडी तिर लाग्छ । दिपु कुरी रहन्छे । बाह्रको तोप पड्कन्छ ।
क्रमश:

०००
चार थुम्का (२०७६)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
RAKESH WOLI
RAKESH WOLI
8 months ago

नमस्कार सर मेम हजुर 🙏 साहित्यका विधा प्रकाशित हुँदोरहेछ यो अनलाइन पत्रिकामा त्यसैले काँही कतै मेरो पनि शब्द रचना सिर्जना प्रकाशित भई पाे हाल्छ कि भन्ने आशा राखेर जस्ताको तस्तै मनको कुरा लेख्ने कोसिस गरे। साँच्चै हामि म जस्ता नयाँ सिकारुले पठाएका सिर्जना प्रकाशित हुन्छ हुँदैन होला। यदि हुन्छ भने कृपया मेरो इमेल starsupper398@gmail.com मा मलाई सन्देश पठाएर जानकारी गराउनु होला।

inbound1103716150472504986
Nepal Telecom ad
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
1
0
Would love your thoughts, please comment.x
()
x