साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तन्किने कुरा

तन्काउन जति सकियो त्यति तन्किन्छ। कुरा तन्किन्छ। गफ तन्किन्छ। झगड़ा तन्किन्छ। समय तन्किन्छ। हिजोआज नेताहरू सबै थोक तन्काउन पल्केका छन्।

Nepal Telecom ad

नगिता राई लेप्चा :

तन्किनु। तनक्क तन्किनु।
तन्किनु बड़ो मज्जा आउँछ। दिनभरि लखतरान बारीमा खटेर वा अफिसबाट बसमा चढ़ेर आएपछि !? ढाढ़् खपिसक्नु दुःखेको बेला घर भित्र पस्ने बित्तिक्कै खाटमा लमतन्न तन्किनुको मज्जा नै अर्कै हुन्छ। तर तन्कनुको अर्थ बेग्ला बेग्लै हुन्छ। हिँड़ाइको गति छिटो छिटो बढ़ाउनु नै लम्किनु वा लमक लमक गरेर हिँड़नु पनि हो। गाउँ घर तिर भने तन्किनु शब्द गालीको रुपमा नै व्यवहार भएको देखिन्छ। यी बूढ़ा के सारो तन्केका हई! मैले यहाँ विशेष ढाड़ तन्काउनुकै कुरा गर्न चाहेकी हुँ। तन्किनुको अर्थ ‘ढाढ़’ सोझ्याउनुको अर्थमा प्रयोग भए पनि कसैले बदमास गरेको खण्डमा तिनलाई गाली गर्न वा सतर्क गर्न ‘तेरो ढाढ़ सोझ्याउँछु…पख न’ भनी ठूला-बड़ाको हुङ्कार त हामीले सुनेकै हौं। यो ढाढ़ सोझ्याउने कुराले मलाई उहिलेको सम्झना हुन्छ र डडर लाग्छ।

तन्काउनुको अर्थ धेरै हुन्छ। जस्तै आङ तन्काउनु भनेको अल्छीलाई डाँड़ा कट्याउनु हो। एकक्ष आङ तन्काउँछु शब्दले लखतरान थाकेकोबाट थकाइ मार्नु हो। आँखा तन्काउनु चाहिँ? आँखा तन्काइ तन्काइ के हेर्छस् वा हेरेको? कान तन्काउनु भन्दा खुट्टा तन्काउनु दुःखको कुरो।

फेरि कुरा तन्काउनुको मज्जा अर्कै छ। कुनै सभा वा बहसमा कुरा तन्काउनेहरूको कमी हुँदैन। कुरा तन्किएपछि भाँड़भैलो मच्चिन सक्छ। धेर कुरा तन्काउने हुँदा बनिसकेको काम पनि बिग्रिन सक्छ। कुरा तन्काउनु राम्रो होइन।
बिजुलीको तार तन्काउनु, लुगा सुकाउन यो छेउदेखि पल्लो छेउसम्म डोरी तन्काइएन भने लुगा सुक्नुको मज्जा नै के र ? नेताहरू जनसभा लामो बोल्न भाषण तन्काउनुसम्म तन्काउँछन्। उनको भाषण कसैले बुझोस् कि नबुझोस्। के वास्ता? जति भाषण तन्कायो ती नेता आफूलाई भयङ्कर र महान वक्ता ठान्ने चलन त यतातिर चलेकै छ।

कुरा तन्काउनु राम्रो होइन, आन्दोलन तन्किनु त झनै नराम्रो। युद्ध तन्किनु भनेको नै संहार डाक्नु हो। तर तन्काउनुको रमाइलो प्रेमिसित कुनै उद्यानमा बसेर गफ तन्काउनुको मज्जा त अर्कै छ। हिजोआज कोही मदिरा तन्काएर सखाप पार्छन्।

हामी गोर्खाहरू छाती तन्काउँछौं।
तन्काउन जति सकियो त्यति तन्किन्छ। कुरा तन्किन्छ। गफ तन्किन्छ। झगड़ा तन्किन्छ। समय तन्किन्छ। हिजोआज नेताहरू सबै थोक तन्काउन पल्केका छन्। यहाँ राजनीति, आपसी मिलन, मित्रता वैरभावले तन्केर झिनो बनाइसकेको छ। नेताहरू आफ्नो काम सिद्धिएपछि तनक तनक तन्केर दुलाभित्र पस्न सिपालु छन्। बस यो तन्किनुको कुराले मेरो लेख तन्किन सकेन र इतिमै बिटा मारेँ।

०००
खोलाचन्द फाप्री , जलपाईगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
मेरा सखीहरू

मेरा सखीहरू

नगिता लेप्चा राई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x