साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छेबाट बनेको बाँदर

च्याती च्याती हानी हानी भत्काउँछ आगो लगाउँछ र खरानी बनाउँछ त्यही खरानी दल्छ शरीरभरि र त्यसैमाथि नाच्छ ख्याकख्याक खुकखुक गर्दै हाँस्छ मान्छेबाट बनेको बाँदर !

Nepal Telecom ad

रामदेव पाण्डे :

जीवकाे उत्पत्ति र
मानव सभ्यताको विकासबारे
खोज गर्यौ र धेरै कुरा देख्यौ
जीवको उत्पत्तिको सिद्धान्त लेख्यौ
धेरै झेल्यौ धर्मान्धताको अवरोध
तर प्रामाणिक लाग्छ तिम्रो खोज
हिजो आज उब्जिएको छ
मनमा मेरो एउटा शङ्का
पाखण्डीले सोध्ने गरेझैँ
“मान्छे बनेको भए बाँदरबाट
यतिका बाँदर आए कहाँबाट ?
दशकौँदेखि देख्दैछु म
बनेकै छैन बाँदरबाट मान्छे”
तर एउटा नयाँ खोज गरेकाे छु
र आफैं दङ्ग परेको छु
देख्न त मैले मैले पनि छैन देखेको
बाँदरबाट मान्छे बनेको
तर देख्दैछु आँखै अगाडि अचेल मैले
मान्छेबाट बाँदर बनेको
अर्थात् मान्छे नै बाँदर बनेको
न बनाउँछ आफू आफ्नो घर
न देखिसहन्छ अरूको बनेको घर
बडो दुःखले बनाएका
पुराना, नयाँ र बन्दै गरेका
सरकारी हुन् कि निजी घरहरू
च्याती च्याती हानी हानी भत्काउँछ
आगो लगाउँछ र खरानी बनाउँछ
त्यही खरानी दल्छ शरीरभरि
र त्यसैमाथि नाच्छ
ख्याकख्याक खुकखुक गर्दै हाँस्छ
मान्छेबाट बनेको बाँदर !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको जय:

नेताजीको जय:

रामदेव पाण्डे
कारण के होला ?

कारण के होला ?

रामदेव पाण्डे
प्रभु ! घोर कलियुग आयो !

प्रभु ! घोर कलियुग...

रामदेव पाण्डे
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x