साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो जगत् जित्न पाऊँ

आफ्नै धर्तीको उपज रसिलो गर्न निर्यात सक्छौँ । स्वार्थी छोरा हौँ पर मुलुकमा स्वार्थमा झुक्न पुग्छौँ ।। जेन्जी पुस्ताका युवक युवती शक्ति आफ्नो जगाऊँ । आमाबाबाका शुभ वचनले यो जगत् जित्न पाऊँ ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

आफ्नै धर्तीमा रगत पसिना पोख्न इच्छा घटेरो ।
आफ्नै बस्तीमा टलटल हुने पोत्न सक्छौँ कमेरो ।।
भोका नाङ्गा छन् मनुज बिचरा खान देऊ हँसाऊँ ।
आमाबाबाका शुभ वचनले यो जगत् जित्न पाऊँ ।।१

सेवा गर्ने हो असक जनको हर्ष मान्छन् अपार ।
दुर्छे बानी त्यो अपसगुन हो गर्न सक्छन् सुधार ।।
आफ्नै पुर्खाको शिर शिखर यो स्वच्छ पर्दै उठाऊँ ।
आमाबाबाका शुभ वचनले यो जगत् जित्न पाऊँ ।।२

ऊर्जा बेच्ने हो भरभुवनमा देश नेपाल साँच्न ।
पानी मथ्ने हो झलल बिजुली सक्छ नेपाल हाँस्न ।।
हीराको छानो गिरिशिखर हो स्निग्ध पार्दै सजाऊँ ।
आमाबाबाका शुभ वचनले यो जगत् जित्न पाऊँ ।।३

आफ्नै धर्तीको उपज रसिलो गर्न निर्यात सक्छौँ ।
स्वार्थी छोरा हौँ पर मुलुकमा स्वार्थमा झुक्न पुग्छौँ ।।
जेन्जी पुस्ताका युवक युवती शक्ति आफ्नो जगाऊँ ।
आमाबाबाका शुभ वचनले यो जगत् जित्न पाऊँ ।।४

जन्मे हुर्केको जग जमिनमा नित्य पूजा गरेर ।
माया गर्ने हो हृदय छ सफा स्नेह वर्षा छरेर ।।
खस्रोमस्रो होस् फल फसलमा भोक तिर्खा रमाऊँ ।
आमाबाबाका शुभ वचनले यो जगत् जित्न पाऊँ ।।५

०००
हाल- क्यालिफोर्निया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x